केन्द्रीय संस्करण

११ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् । 

सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । घटनास्थल वरिपरि  रक्सिका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हानेको चोट रहेको उनले बताए ।   
धामी हरेर आमाबुवा राति  आउँदा कोठामा बालिका मृतावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र शङ्कास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.