सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरु
कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ व्यापक तयारीका बीच अनलाइन परीक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले जनाएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले पहिलो चरणमा शुक्रबार सिभिल इञ्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा शुरु भएको बताए । उपकुलपति प्राडा जोशीले भने, “हामीले परीक्षा शुरु गर्नुअघि यहाँका प्राध्यापक र विद्यार्थीलाई यसको पद्धतिका विषयमा प्रशिक्षणसमेत दिएका छौँ ।”
पहिलो दिनको परीक्षामा इञ्जिनियरिङका र कृषि विज्ञानतर्फ गरी १८३ विद्यार्थीले अनलाइनबाटै परीक्षा दिएको विश्वविद्यालयले जनाएको छ । परीक्षाका लागि बिहान ९ देखि २ बजेसम्म समय तोकिएको छ । उनले पठनपाठन सकिएका विषयको अनलाइन परीक्षा गर्न ठूलो चुनौती रहेपनि विश्वविद्यालयको प्राविधिक जनशक्ति अहोरात्र खटिएको बताए । विद्यार्थीहरु अनलाइनको पहुँच बाहिर हुने अवस्था रहेकाले विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका सुदूरपश्चिमका ८८ वटै स्थानीय तहलाई पहल गरिएको छ ।
त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले प्रविधि र अनेकन हिसाबले पछि रहेको सुदूरपश्चिममा अनलाइन परीक्षा गर्नु चुनौतीपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना