केन्द्रीय संस्करण
समाचार

क्याप्टेनले सैनिक जवान कुटेको घटनामा जङ्गी अड्डाले छानबिन थाल्यो

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0

काठमाडौं । शान्ति स्थापनाका लागि कंगोमा खटिएका एकजना सैनिकलाई मरणासन्न हुनेगरी सैनिक अधिकृतले कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन थालेको छ । तीनजना क्याप्टेनले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न रहेको बताइएको छ । 

कंगोमा तैनाथ गणको जवान लाइनमा कुटपिट भएको भनिएको घटनाको छानविन प्रक्रिया शुरु गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । ‘कंगोस्थित गणमा कार्यरत जेष्ठ सेनानीको नेतृत्वमा छानविन प्रक्रिया शुरु भएको छ’ प्रवक्ता पौडेलले भने–‘घटनाको प्रकृति र तथ्य यकिन भएपछि थप प्रक्रिया अगाडि बढ्छ ।’ 

सामाजिक संजाल प्रयोगकर्ताले सेनाका हाकिमले जवान कुटेको भन्दै आलोचना गरेका छन् । सो गणमा लेफ्टिनेन्ट कर्णेलले कमाण्ड गर्छन् । युएन मिशनमा खटिएका सेनाका सदस्यहरुमा उच्च अनुशासन कायम राख्न नेपाली सेना प्रतिवद्ध रहेको सैनिक जनसम्पर्क तथा सूचना दिर्नेशनालयले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.