बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारीसँग ‘आर्थिक डिल’ प्रकरण : फर्फिङ प्रभाग इन्चार्जको जिम्मेवारीमा सुजाता

शनिबार, १० असोज २०७७, १५ : १२
शनिबार, १० असोज २०७७

काठमाडौं । महानगरीय प्रहरी प्रभाग फर्पिङको इन्चार्जमा प्रहरी निरीक्षक सुजाता तुम्बाहाङ्फेलाई सरुवा गरिएको छ ।  

प्रहरी प्रधान कार्यालयले शुक्रवार उनको काज सरुवा गरेको हो । सुजाता यसअघि महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिइन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले फर्पिङमा कार्यरत अनु लामालाई असोज ८ मा जिम्मेवारीबाट हटाएपछि सो ठाउँ खाली थियो ।

आठ महिनाअघि फर्पिङको इन्चार्ज समालेकी अनु आर्थिक विवादमा मुछिएपछि त्यहाँबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।

आईपिएस तालिमप्राप्त अनुले व्यापारीसँग ‘आर्थिक डिल’ गरेको अडियो फेला परेपछि उनलाई जिम्मेवारीबाट हटाएको बताइएको छ । उनीमाथि महानगरीय प्रहरी कार्यालयले छानविन गरिरहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप