भारतबाट फर्किएका एक जनाको मृत्यु, कोरोना रिपोर्ट पोजेटिभ
शनिबार, १० असोज २०७७, १४ : २५
कैलाली । बैतडीमा मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बैतडीको पुर्चौडी नगरपालिका ३ का ३१ वर्षीय पुरुषको मृत्यु भएकोमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
भारतको बैङ्लोरबाट घर फर्किएका उनी शुक्रबार पुर्चौडी नगरपालिका १ मा मृत भेटिएका थिए । मृत्युपछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
भारतबाट घर फर्कने क्रममा उनको बाटोमा नै मृत्यु भएको र कोरोना चेकजाँच गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका फोकल पर्सन भुवन जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ