शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट सप्तरीमा एक पुरुषको मृत्यु

शनिबार, १० असोज २०७७, १३ : ४९
शनिबार, १० असोज २०७७

कोरोना सङ्क्रमणबाट सप्तरीका एक पुरुषको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत  राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनीको स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो ।

 धरानमा भर्ना भएका उनीको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । यससँगै  कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप