बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले बुटवल तानसेन सडक अवरुद्ध

शनिबार, १० असोज २०७७, १० : २१
शनिबार, १० असोज २०७७

बुटवल – रातभरको भीषण वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल तानसेन सडक खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बुटवल तानसेन सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक  अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ।

कार्यालयका अनुसार रातीदेखी नै  तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको छ । 

प्रहरीले पहिरो हटाउन पहल भईरहेको जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवल पाल्पा,गुल्मी, स्याड्जा जाने र आउने सवारी साधनहरु रोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप