शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘ड्रग्स’ काण्डबाहेक यी काण्डमा पनि फसेकी थिइन् दीपिका पादुकोण

शनिबार, १० असोज २०७७, ०८ : ४५
शनिबार, १० असोज २०७७

एजेन्सी - बलिउड अभिनेत्रीहरुका लागूपदार्थसँगको सम्बन्धको विषयमा खुलासा हुन थालेको छ । एनसीबीले लागूपदार्थको विषयमा रिया चक्रवर्तीलाई पक्राउ गरेर सोधपुछ गरेको छ । यससँगै रियाले बलिउडका २५ सेलिब्रेटीहरुलाई समेत यस काण्डमा मुछेकी छिन् । यसमा सारा अली खान, रकुल प्रीत सिंह, सिमोन खंबाटाका साथै दीपिका पादुकोणको नाम पनि तानिएको छ । 

दीपिका पादुकोण यो मात्र होइन यसअघि पनि विभिन्न विवादमा फसिसकेकी छिन् । 

सुशान्त सिंह राजपूतकी म्यानेजर जया साहाको एक च्याटमा ‘डी’ र ‘के’ नाम उल्लेख भएको छ । एनसीबी सुत्रका अनुसार ‘डी’ को मतलब दीपिका पादुकोण र ‘के’ को मतलब करिश्मा हो । दीपिकाले उक्त च्याटमा जयासँग ‘ह्याश’ (उच्च कोटीको लागूपदार्थ) मगाएकी छिन् । 
यसअघि पनि ‘छपाक’ फिल्म रिलीज भएको समयमा उनी जवाहर लाल नेहरु विश्वविद्यालयमा आन्दोलनरत छात्राहरुसँग देखिइन् । जुन कुरालाई फिल्म प्रमोशनसँग जोडियो । विरोध गरिरहेका छात्राहरुसँग एकसाथ देखिएकी दीपिकालाई बीजेपीका नेता तजेन्द्रपाल बग्गासहित थुप्रै संगठनले दीपिकाको विरोध गर्दै उनको फिल्म बहिस्कारको आन्दोलन नै चलाए । 

यस्तै, सन् २०१७ मा रिलीज भएको फिल्म ‘पद्मावत’ को रिलीज हुनुभन्दा अगाडि देशमा फिल्मविरुद्ध धेरै विरोध प्रदर्शन भयो । करणी सेनाले फिल्मको नामले इतिहासलाई तोडमोड गरेको भन्दै विरोध गरेको थियो । गुजरातमा कांग्रेसका सहयोगी हार्दिक पटेल र अल्पेश ठाकोरले फिल्मको खुलेर विरोध गरे । केही सिनेमाघर समेत तोडफोड गरियो । 

सन् २०१५ मा रिलीज भएको फिल्म ‘बाजीराव–मस्तानी’ पनि निकै विवादित बन्यो । दीपिका पादुकोण, प्रियंका चोपडा र रणवीर सिंहको मुख्य भूमिका रहेको यो फिल्मले रानी मस्तानीको बंशजको बारेमा इतिहासलाई तोडमोड गरेको आरोप लागेको थियो । ऐतिहासिक तथ्यसँगै फिल्ममा मस्तानीलाई पूरै सभाको अगाडि नाचेको कुरालाई लिएर विरोध भयो । 

दीपिकाको अर्को फिल्म पनि उत्तिकै विवादमा फसेको थियो । उक्त फिल्म सन् २०१५ मा रिलीज भएको ‘तमाशा’ हो । उक्त फिल्मको दौरान पनि निकै विवादमा आएकी दीपिकाले आफूलाई डिप्रेशन भएको खुलासा गरिन् । त्यसपछि उनले ‘लिभ लभ लाफ’ नाम संस्था खोलिन् । 

उनको सन् २०१३ मा रिलीज भएको फिल्म ‘गोलियों की रास लीला–रामलीला’ पनि विवादित भयो । यो फिल्मको पनि नामलाई लिएर निकै विवाद भएको थियो । 

उनी २०१४ मा पनि निकै विवादित भइन् । उनले एउटा चर्चित वेभसाइटले दीपिकाको भिडियो शेयर गरेको थियो । उनले उक्त भिडियो स्त्रिन सट लिएर ट्विट गरेकी थिइन्, ‘के देशको प्रमुख अखबारलाई यही हो समाचार ?’ उनी यति मात्र कुराले शान्त भइनन् उनले अगाडि लेखेकी थिइन्, ‘हो म एक महिला हुँ । मसँग स्तन र पुठ्ठा छ, योसँग तपाईंलाई के मतलब ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप