लालुप्रसाद यादवको आह्वानः उठ बिहारी, तयारी गर
एजेन्सी । भारतको बिहारमा विधानसभा चुनावको मिति घोषणा भएको छ । शुक्रबार त्यहाँको निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी चुनावी मिति घोषणा गरेको हो । कोरोना भाइरस संकटका बीचमा भारतमा हुन लागेको यो पहिलो ठुलो चुनाव पनि हो ।
आयोगको घोषणाअनुसार बिहारमा तीन चरणमा मतदान हुनेछ र नतिजा नोभेम्बर १० मा घोषणा गरिनेछ। पहिलो चरणको मतदान अक्टोबर २८ मा हुनेछ । जबकि दोस्रो चरणको नोभेम्बर ३ र नोभेम्बर ७ मा तेस्रो चरणको मतदान हुनेछ।
चुनाव घोषणा भएपछि बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवले एक ट्वीटमार्फत सम्पूर्ण बिहारीलाई फेरि एकपटक उठ्न आह्वान गरेका छन् । उनले ट्वीटमा लेखेका छन्ः ‘बिहारी उठ, तयारी गर। यो जनताले शासन गर्ने समय हो ।’ लालूले आफ्नो ट्वीटमा थप लेखेका छन्ः ‘बिहारमा परिवर्तन हुन्छ। अधिकारी नियम अन्त्य हुनेछ। अब जनताले शासन गर्नेछन् ।’
यसअघि बिहारका पूर्व उपमुख्यमन्त्री एबम् लालूप्रसाद यादवका छोरा तेजस्वी यादवले चुनाव घोषणा भएपछि टिप्पणी गर्दै भनेका थिएकि यसपटक हाम्रो जीत निश्चित छ। मुख्यमन्त्रीलाई हमला गर्दै तेजस्वीले भनेका थिए– ‘नितिशकुमार भ्रष्टाचारका भीष्म पितामह हुन्। जनताले जनादेशको अपमानको बदला लिनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन