बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०२० भित्र कोरोना खोपको ६१ करोड मात्रा उत्पादन गर्ने चीनको दावी

शुक्रबार, ०९ असोज २०७७, २३ : ०१
शुक्रबार, ०९ असोज २०७७

एजेन्सी । कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् ।  विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् ।

जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चारओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ । विश्वभरका वैज्ञानिकहरूले घातक सङ्क्रमण विरोधी अभियानलाई अघि बढाउने क्रममा विश्वभर दर्जनौँ खोपहरूको परीक्षणले महामारीबाट मुक्ति पाउने आशासहित विश्वले पर्खिरहेको छ । 

विश्वव्यापी महामारी निम्त्याएको कोभिड–१९ सङ्क्रमितमध्ये करीव १० लाख मानिसको मृत्यु भइसकेको छ ।  चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, “चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड  मात्रा उत्पादन गर्ने विश्वास राखेको छ । खोपको उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को बर्षसम्म कम्तीमा एक अरब डोजमा पुग्नेछ ।”

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले भने, “चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।”  “अहिले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा रहेको छ,” वुले भने । 

उनले थपे, “हामीले क्लिनिकल परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा पाएका छौँ । परीक्षणमा रहेका खोपबाट कुनै प्रतिकूल प्रतिक्रिया देखेका छैनौँ ।” चीनले गत जुलाईदेखि कन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार व्यक्ति (स्वयम्सेवक) मा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दावी चीनको छ ।

“अहिलेसम्म कोविड आपतकालिन खोप कार्यक्रममा सबै सहभागीमा गम्भीर प्रतिकूल प्रतिक्रिया देखाएको छैन,” चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले उक्त अवसरमा भने । उनले खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्ने बताए । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप