भक्तपुरमा डलर देखाई रकम लुटपाट गर्ने ५ जना पक्राउ
भक्तपुर । प्रहरीले डलर देखाई लुटपाट गर्ने समूहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त समूहका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर न.पा. १ बस्ने वर्ष ३६ को खेलबहादुर तामाङ र सोही ठेगाना भएका वर्ष ३३ का रेलबहादुर तामाङ रहेका छन् ।
सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी नपा वडा नं. ९ बस्ने वर्ष ५६ को श्यामबहादुर तामाङ, सोही ठेगानाको वर्ष २५ को रामकृष्ण तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नपा ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी नपा– वडा नं. ९ बस्ने वर्ष ३२ की कान्छी तामाङ रहेकी छिन् ।
प्रहरीको अनुसन्धानबाट उनीहरुले विगत केही समयदेखि व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरि पहिला देखिनै चिनजान भएको जस्तो व्यवहार गर्दै लुटपाट गर्ने गरेको खुलेको छ । आफुसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई उनीहरुले नेपाली रुपैयाँ लुटपाटका गर्दै आएको प्रहरीको भनाई छ ।
उक्त समूह असोज ८ गते सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौ धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटी फरार भएका थिए । खोजतलास गर्दै जाँदा शुक्रबार मध्यपुरठिमी न.पा. वडा नं. ९ बाट ८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरी परिसरका नि.सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले बताए । अनुसन्धान पश्चात ३ जना व्यक्तिहरुको संलग्नता नदेखिएकालाई आजकै मितिमा छाडिएको तथा घटनामा संलग्नता देखिएका बाँकी ५ जना व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
विभिन्न स्थानमा लुटपाट
प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैंयाँ २ लाख ४२ हजार ९३५, बिभिन्न कम्पनीका मोबाईल ५ थान, मोटरसाइकल २ थान, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो– २ बण्डल बरामद गरेको छ । उक्त समूहले साउन ८ गते मध्यपुरथिमि वडा नं. ९ बोडेमा ३ लाख लुटपाट गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । साउन १९ गते मध्यपुरथिमि नगरपालिका वडा नं. ५ बोडेमा ४ लाख लुटेका थिए ।
भदौं मध्यपुरकै बोडेमा ५ लाख, असोज ६ गते मध्यपुरथिमि नगरपालिका वडा नं. ९ बोडेमा ९ लाख ८० हजार र सूर्यविनायक न.पा. ०२, बालकोट, रोजभिलेज नजिक ५ लाख रुपैयाँ लुटपाट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको साथै घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको नि.सूचना अधिकारी प्रहरी निरिक्षक बुढोथोकीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
धरहरामा मानिसहरूको भीड, तस्बिरमा हेर्नुहोस्
-
प्रियङ्का गान्धीसामु आफूलाई साबित गर्ने चुनौती
-
राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प