बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा राजश्व टोलीद्वारा सुनचाँदी पसलमा छापा

शुक्रबार, ०९ असोज २०७७, २० : १८
शुक्रबार, ०९ असोज २०७७

जनकपुर । जनकपुरमा सुनचाँदी बजारमा राजश्व कार्यलयले छापा मारेको छ । शुक्रबार राजश्व कार्यालय पथलैयाबाट आएको एक टोलीले प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरको पुरानो बजारस्थित सुनचाँदीका केहि पसलमा छापा मारेको हो । 

गोप्य उजुरीको आधारमा राजश्व कार्यालयको टोलीले सुनचाँदी पसल तथा कारखानामा छापा मारी आवश्यक कागजात लगायतको सामग्री लगेको जनाइएको छ । राजश्व कार्यालय पथलैयाका प्रमुख राजन बिसीको नेतृत्वमा रहेको टोलीले १० वटा सुनचाँदी पसल तथा कारखानामा छापा मारेको हो ।

ती सुनचाँदीका पसल तथा कारखानाका कागजातहरु अनुसन्धानका लागि लगेको राजश्व कार्यालय पथलैयाका प्रमुख राजन बिसीले जनाए ।  उनले अनुसन्धान गरि पुनः उनीहरुको कागजात बुझाइने जानकारी दिए । कुनै कमी कमजोरी देखिए कारबाही प्रकृया समेत अगाडी बढाइने उनले स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप