शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारद्वारा सङ्घीय सरकारलाई प्रहरी हस्तान्तरण गर्न माग

शुक्रबार, ०९ असोज २०७७, २० : १७
शुक्रबार, ०९ असोज २०७७

जनकपुर । प्रदेश नम्बर २ मा प्रदेश प्रहरीको परिचालन, खटनपटन लगायतका कार्य प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघ सरकारसँग माग गरेको छ । 

शुक्रबार प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रहरी समन्वय ऐन राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमाणीकरण भईसकेको अवस्थामा प्रदेश प्रहरी परिचालन, खटनपटन लगायतका जिम्मा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीलाई हस्तान्तरण गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई एक पत्र लेखेका छन् ।

 
नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को दफा १२(१) मा प्रदेश प्रहरीको परिचालन र सुपरीवेक्षण प्रदेश सरकारको रहेको स्पष्ट व्यवस्था रहेकोले सोही ऐनको दफा १२ (२) मा प्रदेशको आन्तरिक शान्ति सुरक्षाको सम्बन्धमा प्रदेश प्रहरी प्रदेश सरकार प्रति उत्तरदायी हुने व्यवस्था रहेको भएतापनि हाल व्यवहारमा प्रदेश प्रहरी प्रदेश सरकार प्रति उत्तरदायी हुन नसकेकोले ऐन अनुसार प्रहरी परिचालन, खटनपटन लगायतको जिम्मा प्रदेश सरकारलाई दिन  गृहमन्त्रालयमा पत्र पठाएको प्रदेश सरकारका प्रवक्ता समेत रहेमा आन्तरिक मामिला तथा कानून मन्त्री यादवले बताए । 

प्रहरी समन्वय ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भईसकेको अवस्था छ । साथै प्रदेश नम्बर २ मा प्रदेश प्रहरी ऐन २०७६ समेत कार्यान्वयनमा गईसकेकोले प्रदेश प्रहरीको परिचालन तथथा अन्य कामको जिम्मा प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप