नागार्जुन आइसोलेसन सेन्टरलाई व्यवस्थित बनाउन नारायणकाजीको पहल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं १ रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन आफ्नोतर्फबाट पहल गर्ने बताएका छन् । शहरी विकास मन्त्रालयले सुकुम्बासीका लागि निर्माण गरेको भवनलाई सरकारले पछिल्लो दिनमा आइसोलेसन सेन्टरको रुपमा विकास गरेको छ । सो आइसोलेसन सेन्टरको फोहोर र ढल व्यवस्थापन नभएको भन्दै स्थानीयवासीको गुनासो सुनेपछि प्रवक्ता श्रेष्ठले आफूले सरकारलाई आवश्यक जानकारी गराउने र समस्या समाधानका लागि पहल गर्ने बताए ।
स्थानीयवासीले ढल तथा फोहोरको उचित व्यवस्थापन नहुँदा बस्तीमा समस्या परेको प्रवक्ता श्रेष्ठसमक्ष गुनासो गरेका थिए । स्थानीयको गुनासो सम्बोधनका लागि आफूले सरकारी विकास मन्त्रालयलाई आवश्यक ध्यानाकर्षण गराउने बताएका थिए । त्यस अवसरमा उपस्थित शहरी विकास तथा भवन निर्माण विभागका मणिराम गेलाललाई स्थानीयवासीको मागअनुसार समस्याको समाधान गर्न प्रवक्ता श्रेष्ठले आग्रह गरे ।
महानिर्देशक श्रेष्ठले समस्या समाधानका लागि विभागका तर्फबाट आजैदेखि काम शुरु हुने बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले आइसोलेसन सेन्टरलाई स्वास्थ्य मापदण्डअनुसार नै सञ्चालन गरिएको र केही कमीकमजोरी भएको भए सुधार गर्दै थप व्यवस्थित गरिने बताए ।
सो आइसोलेसन सेन्टरमा ५८० श्ययाका लागि स्वीकृति दिइएको भए पनि हाल ३५८ जना कोरोना सङ्क्रमित रहेका छन् । राष्ट्रियसभाका सदस्यसमेत रहेका श्रेष्ठले पछिल्लो दिनमा कोरोनाबाट प्रभावित नागरिकलाई सहजरुपमा सेवा पु¥याउने लक्ष्यका साथ स्वयंसेवक अभियानसमेत सञ्चालन गर्दै आएका छन् । उनले पिसिआर परीक्षणमा सहजीकरण गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार तथा स्वास्थ्योपचारका लागिसमेत सहजीकरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा डेटा सेन्टर खोल्दै छ अमेरिकी कम्पनी
-
टीकाको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण
-
माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै
-
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण