बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनसनस्थलमै पुगेर नेविसंघले जनायो डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता

शुक्रबार, ०९ असोज २०७७, १९ : २५
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  डा.गोविन्द केसीको सत्याग्रहप्रति ऐक्यबद्धता प्रकट गरेको छ। त्रिवी शिक्षण अस्पताल महराजगञ्जको अनसनस्थलमा पुगेर नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना र महामन्त्रीहरु युवराज पाण्डेय , बलदेव तिमल्सिना, उर्मिला थपलिया र दिपक भट्टराई लगायतले ऐक्यबद्धता प्रकट गरेका हुन् ।

स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा नागरिकको स्वास्थ्यमा सहज पहुँच र विपन्न विद्यार्थीले सुलभ तरिकाले चिकित्सा शिक्षा हाँसिल गर्न पाउँनु पर्दछ भन्दै डा.केसी  १२ दिनदेखि आमरण अनसनमा छन् । 

नेविसंघले डा. केसीले उठाऊनु भएका मागप्रति पुर्ण  ऐक्यबद्धता जनाउदै उनको जीबन रक्षाको निम्ति सरकारसँग अपिल पनि गरेको महामन्त्री तिमिल्सिनाले बताए । 

डा. केसीले ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ नगरपालिका ६ स्थित बाबिरामष्ट मन्दिरमा २९ भदौमा अनशन थालेका थिए । अनसनको आठौं दिनमा डा. केसी जुम्लाबाट शिक्षण अस्पताल आएका फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप