केन्द्रीय संस्करण

देशभरिका धार्मिक स्थानहरु खुला गर्न सरकारलाई एक हप्ते अल्टिमेटम

person explore access_timeअसोज ९, २०७७ chat_bubble_outline0

काठमाडौं । संयुक्त धार्मिक संगठन संघर्ष समितिले एक हप्ताभित्र देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन अल्टिमेटम दिएको छ । aसरकारले धार्मिक स्थानहरुमा लगाएको निषेधाज्ञा नहटाए कडा कदम चाल्न बाध्य हुने संघर्ष समितिको चेतावनी छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले जनताले धर्म, संस्कृति, सभ्यता, पूजा, अर्चना, न्यास र ध्यान गर्न पाउनुपर्ने बताउँदै अविलम्ब देशभरिका धार्मिक स्थानहरु खुला गरिनुपर्ने माग गरेको हो । 

उसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘जुनसुकै बहाना र आवरणमा धर्म मान्न पाउने नेपाली जनताको राष्ट्रिय धर्ममाथि आघात् पुर्याएर यो सरकार र यसका देशी तथा विदेशी मतियारहरु जसले राष्ट्र धर्मममा विचलन ल्याएका छन् । गर्दा गर्दै राष्ट्रिय झण्डा जल्न थालेको छ, ती विचलनकारी र यस्ता राष्ट्रधर्म विरोधीहरुबाट अब देशले मुक्ति पाउनुपर्छ ।’

कोरोना महामारीको नाउँमा नेपालका धार्मिक अनुष्ठान देवालयहरुमा दर्शनार्थीहरुलाई जान, पूजाअर्चना गर्न निषेध गरिएकोमा सयुक्त समितिको आपत्ति छ । 

‘देशभरि सम्पूर्ण उद्योग धन्दा, कलकारखाना, सार्वजनिक यातायात र वायु सेवासमेत खुला गर्ने, त्यहाँ कोरोना त्रास नहुने तर भक्तजनहरुले आफ्नो आस्थाअनुरुपको पुजना अर्चना गर्न नपाउने भनि लगाएको प्रतिबन्ध आम नेपाली जनताको धार्मिक भावना र संविधानको धारा २६ को स्वतन्त्रताको हनन गरेर सरकार संविधानको पालक नभएर उल्लंघनकर्ता भएको महसुस गर्दछौं,’ पत्रका उल्लेख छ ।

त्यस्तै, समितिले यही असोज १ गते पशुपति क्षेत्रको भुवनेश्वर मन्दिर प्राङणमा पशुपतिनाथ मन्दिर खोल्नुपर्छ भन्ने माग राख्दै भजन गरेर वसेका भक्तहरुलाई प्रहरी हस्तक्षेप गरेकोमा पनि सरकारको घोर भत्र्सना गरेको छ । 

कार्यक्रममा सनातन संस्कृति समाज नेपालका अध्यक्ष हरिबोल भट्टराईले राज्यले जनताको हक निषेध र नियन्त्रण गर्न नहुने बताउँदै नियमित र व्यवस्थित् गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले पूजा, अर्चनामा लगाईएको बन्देज तत्काल खुला गरि जनताको धार्मिक अवस्था अनुसार पूजा अर्चना गर्न पाउने संवैधानिक धार्मिक स्वतन्त्रताको रक्षा गर्ने कार्य सहज बनाउन सरकारको ध्यानाकार्षण गराए । 

सरकारले देवाधिदेव देवताहरुको पूजा अर्चना गर्ने कार्यलाई प्रतिबन्ध लगाई नै रहने हो भने प्रतिरोध गर्न आफूहरु जस्तोसुकै कठोर कदम उठाउन बाध्य हुने चेतावनी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.