शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली पैसा दिई १७ मिनेटमा गहना किनेर फरार भएका २ जना पक्राउ

शुक्रबार, ०९ असोज २०७७, १८ : २८
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । ललितपुरको ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरीमा  नक्कली नोट दिएर सुन खरिद गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २१ टेकु घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने इक्युज तुलाधर र काठमाडौं महानगरपालिका २७ ज्याठा बस्ने २७ वर्षीय अजय महर्जन रहेका छन् । उनीहरु दुवै जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा ललितपुरले सार्वजनिक गरेको छ ।

उनीहरु दुवै जनामाथि ललितपुर जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसुरमा असोज ८ गतेदेखि लागू हुने ७ दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रिन्ट मेसिन एक थान, सिपियु १ थान, ल्यापटप १ थान, रु १ हजार दरका ४६५ थान नक्कली नोट, ३७ थान सक्कली नोट ३७ थान, सुनको रानीहार १ थान, तिलहरी १ थान, औंठी १ थान र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

असोज १ गते उक्त ज्वलेर्सबाट प्रहरीले ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । सुन पसलका सञ्चालक डम्बरबहादुर रिजालकाअनुसार सुन किन्न आएका उनीहरुले ५ लाख रुपैयाँ दिएर तिलहरी, नेक्लेस, औंठीलगायत गहना खरिद गरेका छन् । उनीहरुले १–१ लाखको पाँचवटा बण्डल दिएका थिए ।

पैसाको बण्डलको अगाडि र पछाडि सक्क्ली नोट भएपनि बीचमा नक्कली नोट राखिएको पाइएको थियो । उनीहरु १७ मिनेटमा काम सकेर पसलबाट बाहिरिका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप