मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ्ग सेवा सीतापुर खजुरामा

शुक्रबार, ०९ असोज २०७७, १८ : ०४
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  

शुक्रबार खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा बैंकिङ्ग सेवाको सुरुवात भएको थियो । वडा अध्यक्ष गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधिसुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । 

कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 

यस सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप