शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कानून बनाउने कार्यान्वयन गर्न हो, प्रवचन दिनमात्रै होइन’ (भिडियो)

शुक्रबार, ०९ असोज २०७७, १६ : ०६
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदबाट पास भएका ऐन, नियमावलीहरु र सबै कानून कार्यान्वयनको सन्दर्भमा ध्यान दिनसक्नुपर्ने बताएका छन् । उनले बनेका कानूनहरु कार्यान्वयन भएमात्रै पनि सुशासनको प्रत्याभूति हुनसक्ने बताए । त्यसका लागि राज्यले विशेष ध्यान दिनसक्नपर्नेमा सभामुख सापकोटाको जोड छ ।

‘कानुन कार्यान्वयन भएर सबैले न्यायको अनुभूति पाउन प-यो । कानून कार्यान्वयन गर्नका लागि राज्यका महत्वपूर्ण अंगहरुलाई उत्प्रेरित पनि गर्नुप-यो र एक प्रकारले भन्ने हो भने देशको सर्वोच्च जनप्रतिनिधि संस्था भएको हुनाले त्यहाँ अलिकति ध्यानाकर्षण पनि गर्नुप-यो’, न्युज एजेन्सिले लिएको अन्र्तवार्तामा सभामुख सापकोटाले भने, ‘कानुन बनाउने कुरा पनि महत्वपूर्ण हो र बनिसकेका कानूनहरुको प्रभावकारी कार्यान्वयन भए मात्रै त्यो कानून बनेको कुराको सार्थकता पाउँछ । नत्रभने कानून बनाएको कुनै अर्थ हुँदैन ।’

सभामुख सापकोटाले मौलिक अधिकारका १६ वटा कानूनहरु समयभित्रै बनाएको र अरु संघ, प्रदेश र स्थानीय सरकारका बीचको समन्वय विधेयक पनि बनाइसेकोे जानकारी दिए । अहिले संसदको अधिवेशन स्थगित भएको अवस्था छ भएपनि कोरोनाको समयमा सरकारको कामको अनुगमन गर्न र सहयोग गर्न संसद अधिवेशन आवश्यक छ भन्ने विषयहरु उठ्न थालेको आफुले महशुस गरेको बताए ।

‘अहिले संसद चलिरहेको छैन । समितिहरु चलिरहेका छन् । अहिले हामी आगामी संसदलाई नयाँ ढंगले चलाउने सोचमा छौ । यो बीचमा हामी ठूलो चुनौतिको सामना गरिरहेका छौं । हामी ठूलो संकटमा छौं र यो संकटभित्र अवसर पनि छ’, सापकोटाको भनाई छ ।

यस्तै ठूलाठूला संकटका बीचबाट नयाँनयाँ विचार, नयाँ सिद्धान्त, नयाँ सोच र नयाँ दृष्टिकोणको जन्म हुने भन्दै उनले यसलाई बुझेर असाधारण र कठोर मेहनत गर्नुपर्ने अवस्था आएको बताए । ‘अहिले हामीलाई यो परिस्थितिले पाठ सिक्न साइरन बजाइरहेको छ । यदि हामीले पाठ सिक्न सकेनौं भने यो कुरापनि त्यतिकै निश्चित छ की इतिहासले हामीलाई नराम्रोसित निर्ममतापूर्वक छाडिदिन्छ’, सभामुख सापकोटको भनाई छ ।

संघीय संसदको दुवै सदन र प्रदेश संसदलाई परिवर्तित अवस्थामा कसरी प्रभावकारी सवालमा आन्तरिक एकतालाई सुदृढ गर्ने कुरातिर लागिरहेको सभामुख सापकोटाको भनाई छ । ‘त्यसका लागि हामी निरन्तर छलफल गरिरहेका छौं । हामीले आवश्यकता अनुसार व्यवस्थापन समिति जो संसदको सबैभन्दा मूख्य र महत्वपूर्ण एक प्रकारले भन्ने हो भने संसदको क्याबिनेट नै हो त्यो त्यसको बैठक पनि हामी बसिरहेका छौं’, उनले भने,  ‘सभापतिहरुको बैठक बसियो । त्यसमा अलि विस्तृत छलफल गर्न यहि परिस्थितिका कारणले सकिएको छैन् ।’

उनले संसदीय समितिहरुलाई सक्रिय र प्रभावकारी बनाउनतर्फ आफु लागिरहेको दावी गरे । 

उनले कुरा अनुगमन समिति र निर्वाचन क्षेत्र विकास कोषलाई कोरोनामा खर्च गर्ने व्यवस्था मिलाइयोस सांसदहरुको भनाईप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै आवश्यक परामर्श गरेर निर्णयमा पुग्न सकिने बताए । उनले संसदीय समितिहरुले सरकारलाई दिएको निर्देशनलाई जसरी गम्भिरतापूर्वक आत्मसाथ गर्नुपथ्र्यो त्यो नगरेको हो कि भान भइरहेको बताए । ‘मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरुले त्यसमा अलिकति प्राथमिकतामा नपरेको हो की । अहिले पूर्ण सदन त छैन र पूर्ण सदन भए त्यसमा अलिकति राष्ट्रिय रुपमा जनताका आवाजहरु अलिकति गुन्जन हुने हो तर एकदम मिहिन पाराले छलफल गरेर ठोस मूर्त रुपमा निर्देशन दिने त समितिले हो’, उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप