शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राङ्गारिक मलले बजार पाएन

शुक्रबार, ०९ असोज २०७७, १५ : ४४
शुक्रबार, ०९ असोज २०७७

झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ । पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो ।

‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ । देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन । बजार अभाव हुादा नत उत्पादित मल विक्रि भएको छ न बायोग्यास नै विक्रि गर्न सकिएको कम्पनीले जनाएको छ । उत्पादित मल र बायोग्याँस सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ । कम्पनी विभिन्न क्षेत्रबाट पोहोर संकलन गरिरहेका भएपनि पोखरा महानगरपालिकाको फोहोर भने वर्गिकरण गरि नछुट्याएका कारण फोहोर नलिने गरेको सञ्चालक कुशल गुरुङले बताए ।
कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरि अग्र्यानिक मल उत्पादन गर्दै आइरहेको छ ।  दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरि दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ । अग्र्यानिक फार्मका कृषकहरु र अनुदानमा टनेल खेति गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन । कास्कीमा अहिले ३ वटा प्राङग्रारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन् । गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पुर्ण प्राङग्रारिक गाउँ बनाउने लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप