धानको समर्थन मूल्य तोक्ने विषयमा छलफल
काठमाडौं । धानको न्युनतम समर्थन मूल्य निर्धारण सम्बन्धमा संघका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच छलफल भएको छ ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार सम्पन्न छलफलले धानको न्युनतम मूल्य निर्धारण गरि सरकारी स्तरबाटै धान खरिद गर्ने गरि योजना निर्माणका लागि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरि संघीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ ।
छलफलमा किसानले उचित मूल्य उपलब्ध गराउने ग्यारेन्टीका लागि विभिन्न मोडेलहरु माथि विचार विमर्ष भएको थियो । छलफलमा मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव प्रह्लाद पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?