बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन

उनको आवाजलाई सलमानको आवाज सम्झिन्थ्यो
शुक्रबार, ०९ असोज २०७७, १५ : २०
शुक्रबार, ०९ असोज २०७७

मुम्बई । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा अन्तिम श्वास फेरेका हुन् ।

कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार १ बजेर ४ मिनेटमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१मा हिन्दी फिल्मका गीत गायन सुरु गरेका थिए । कमल हसन अभिनित ‘एक दुजेके लिए’   फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट उनले बलिउड गायन करियर सुरु गरेका थिए । यो फिल्मको गीतबाट उनलाई नेशनल अवार्ड समेत मिलेको थियो ।

यसपछि उनले कयौ राम्रा गीतहरु हिन्दी फिल्मका लागि दिएका छन् । दक्षिण भारतमा जन्मिएका बालासुब्रमण्यम धेरै भाषामा समेत गीत गाउथे । तर गीत गाउने प्रेरणा आफुलाई हिन्दी गीतबाट मिलेको बताउदै आएका थिए ।

हिन्दी, तमिल, तेलगु र कन्नड गरेर ४ भाषामा ६ नेशनल अवार्ड जितेका बालासुब्रमण्यमले कमल हसन, रजनीकान्तदेखि शाहरुख र सलमान खान जस्त पुरै बलिउड स्टारहरुका लागि फिल्म गीत गाएका छन् ।

बालासुब्रमण्यम डबिङ कलाकार पनि थिए । कमल हसनको धेरै तेलुगु फिल्म उनले नै डबिङ गरेका थिए । डबिङका लागि उनलाई दुई पटक नन्दी पुरस्कार समेत मिलेको छ । अनिल कपुर, गिरिशकरनाड, मोहनलालदेखि रजनीकान्तसम्मको तेलुगु फिल्ममा उनले डबिङ गरेका छन् । एक समय उनको आवाजलाई नै सलमान खानको आवाज सम्झिन्थ्यो । सलमानको सुरुवाती करियरमा उनले  धेरै गीत गाएका थिए ।

बालासुब्रमण्यमले एकै दिनमा २१ कन्नड गीतलाई आवाज दिएर रेकर्ड समेत बनाएका थिए । सबैभन्दा बढी(४००००) गीत गाउने गायकको रुपमा पनि उनको गिनीज रेकर्डमा पनि नाम रहेको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप