मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साम्राज्ञीको हातमा ३ फिल्म

शुक्रबार, ०९ असोज २०७७, १५ : ०७
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयकी डिमान्डकी हिरोइन् हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । भुवन केसीले निर्माण गरेको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेकी शाहलाई यो फिल्मको रिलिजपछि पछाडी पर्किएर हेर्नु परेको छैन । एकपछि अर्काे फिल्म उनको हातमा परिरहेको छ ।

केही अगाडि अभिनेता भुवन केसीसँग शाहको दुर्व्यवहारको आरोपका कारण चर्चामा आएकी थिइन् । उक्त लफडाको कारण शाहको फिल्मी करियर डुब्ने अनुमान धेरैको थियो । तर शाहसँग भने अहिले एकपछि अर्काे फिल्ममा धमाधम अनुबन्धित भइरहेकी छन् ।

गतवर्ष ‘मारुनी’ र ‘रातो टीका निधारमा’ दुवै असफल फिल्म दिएकी उनको हातमा अहिले तीन फिल्म छन् । भने केही निर्माता आफ्नो फिल्म अभिनयका लागि उनको ग्रीन सिग्नलको प्रतिक्षामा छन् ।

उनको हातमा रहेको फिल्ममा निर्देशक हेमराज विसीको ‘एक’, ‘रेड वाइन’ र ‘हुतुतु’ हुन् ।

हेमराजको फिल्म उनले गत वर्ष नै साइन गरेकी थिइन् । अभिनेता प्रदीप खड्कासँग अपोजिट रहने यो फिल्म कोरोनाको कहर सकिने बित्तिकै छायाँकनमा निस्कने तयारीमा छ ।

त्यस्तै ‘रेड वाइन’ भने उनले गत मङ्गलबार  साइन गरेकी हुन् । रमेश एमके पौडेलको निर्देशन रहने फिल्ममा उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् ।

हुन त उनी ‘प्रेमगीत’ सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्को नयाँ फिल्म ‘हुतुतु’मा पनि रहने चर्चा छ । यो विषयमा  आधिकारीक धारण निर्माण युनिटले सार्वजनिक गरेको छैन । न त साम्राज्ञीले यस विषयमा मुख खोलीका छिन् । तर, बाहिर भने ‘हुतुतु’ उनी देखिने पक्कपक्की भएको चर्चा छ । यदी ‘हुतुतु’का लागि पनि उनी फाइनल भएकी भए अहिले उनको हातमा तीन फिल्म छन् ।

यी तीनै फिल्म कोरोनाको कहर सकिएपछि छायाँकनमा जाने गरेर तयारी गर्दैछन् । एकै पटक तीन फिल्म छायाँकनमा निस्किए भने समय मिलाउन उनलाई पक्कै पनि कठिन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप