दसैँका लागि जिउँदो च्याङ्ग्रा ल्याइदिने ठेकेदार खोज्दै खाद्य व्यवस्था कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो च्याङ्ग्रा ल्याउने कम्पनीको लागि बोलपत्र आव्हान गरेको छ । जोसोम बाट १ हजार जिउँदो च्याङ्ग्रा काठमाडौ प्रादेशिक कार्यालयसम्म ल्याइदिने कम्पनीको लागि आव्हान गरेको हो । सो च्याङ्ग्रा ढुवानी गर्न चाहने कम्पनीले २५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । शिलबन्दी दरभाउपत्र खरिद मिति असोज २३ गते र दरभाउपत्र असोज २५ गते दिनको २ बजे खोलिनेछ ।
दरभाउपत्र स्वीकृत भएको ५ दिनभित्र सम्झौता भइ तोकेकै समयमा च्याङ्ग्रा ढुवानी गरिनुपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । बजारमो माग र आवश्यकता अनुसार च्याङ्ग्रा खरिद ढुवानी थपघट हुन सक्नेछ । ढुवानी गर्न चाहने कम्पनी मूल्य अभिबृद्धिकरमा दर्ता भएको र २०७५/७६ सम्मको करचुक्ता भएको हुनुपर्ने भनिएको छ ।
खाद्य कम्पनीले यसवर्ष ३ हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने बताएको छ । हरेक बर्वाको दशैमा खाद्यले खसी बोका तथा च्याङ्ग्रा ल्याउने गरेको छ । अन्य भन्दा केही सस्तोमा पाइने खाद्यले जनाएको छ । उसले सस्तोमा दिदा नीजि व्यवसायीलाई पनि मूल्य नियन्त्रण गर्न दवाब पर्ने खाद्यको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते