शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका सई दार्चुलाको होटलमा मृत फेला

शुक्रबार, ०९ असोज २०७७, १३ : ३९
शुक्रबार, ०९ असोज २०७७

नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) दार्चुला सदरमुकामको एक होटलमा मृत अवस्थामा फेला परेका छन् । 

शुक्रवार विहान सई ध्रुव रावल सदरमुकाममा रहेको दुर्गाभवानी होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर सुरेन्द्र प्रसाद जोशीले रातोपाटीलाई बताए ।

होटलको लवीमा लडिरहेको अवस्थामा फेला परेका उनको नाक र मुखबाट रगत बगेको छ । दल्लेक प्रहरी चौकीबाट सरुवा भएर सई रावल ईलाका प्रहरी कार्यालय हुतीमा हाजिर हुन जाँदै थिए । ईप्रका जाने क्रममा उनी सदरमुकामको होटलमा बास बसेका हुन् ।

रावलको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण थाहा हुने इन्सपेक्टर जोशीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप