लघुवित्तलाई लाभांश वितरणमा कडाइ : १० वर्षसम्म लाभांश लिन नजाने सेयरधनीको पैसा बैंकिङ विकास कोषमा जाने
बाह्रै महिना न्युनतम पुँजीकोष कायम गर्न नसक्ने लघुवित्त वित्तीय संस्थाले लाभांश बाँड्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बाह्रै महिना पुँजीकोष कायम नभएका लघुवित्तलाई लाभांश वितरणमा रोक लगाएको हो । यसअघि वर्षको अन्त्यमा तोकिएको न्यूनतम पुँजीकोष पुर्याएकाले पनि लाभांश वितरण गर्न पाउँथे ।
केन्द्रीय बैङ्कका अनुसार अब आर्थिक वर्षको अन्त्यमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा मात्र नगद लाभांश तथा बोनस सेयर वितरण गर्न पाइनेछैन । यसअघि आर्थिक वर्षको अन्त्यमा वाह्य लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणबाट तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा राष्ट्र बैङ्कको स्वीकृति लिइ बोनस सेयर वितरण गर्न सकिने व्यवस्था थियो ।
यस्तै, लघुवित्त कम्पनीहरुको लाभांश १० वर्षसम्म पनि लिन नजाने सेयरधनीको पैसा अब बैंकिङ विकास कोषमा जम्मा हुने भएको छ । यसअघि ५ वर्षसम्म लाभांश लिन नजाने लगानीकर्ताको पैसा केन्द्रीय बैङ्कले तोकेको खातामा जम्मा गर्नुपर्ने व्यवस्था थियो । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाहरूलाई यसअघि जारी गरेको निर्देशन २०७६ संशोधन गर्दै अहिले नयाँ व्यवस्था गरेको हो ।
यता लघुवित्त संस्थाहरुले १० वर्षदेखि कारोबार नभएको बचत खाता, हकदाबी नपरेका निक्षेपहरु तथा वितरण नभएको लाभांश विवरण १० वर्ष अवधि समाप्त भएको १ महिनाभित्र सार्वजनिक सूचना जारी गर्नुपर्ने छ । सूचना प्रकाशित हुँदा समेत त्यस्तो खाता नियमित नभएमा र बाँकी रकम भुक्तानी नभएमा उक्त पैसा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम बैकिङ विकास कोषमा जम्मा गर्नुपर्ने नेपाल राष्ट्र बैङ्कले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण