कसरी बन्दैछ काठमाडौँ उपत्यका कोरोना संक्रमणको ‘हब’ ?
ठीक एक महिना पहिले भदौ ८ गतेसम्म काठमाडौं उपत्यकामा कूल ३ हजार २ सय ६२ जना संक्रमित थिए । एक महिनाको अवधिमा त्यो संख्या बढेर १८ हजार ५ सय ७४ पुगेको छ ।
एक महिना पहिले काठमाडौं जिल्लामा मात्रै कुल २ हजार ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले त्यो संख्या १५ हजार १ सय ५५ पुगेको छ ।
गत भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौं ५ गते काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित फेला परेका थिए । भदौ २५ देखि निषेधाज्ञा खुकुलो गरिएको थियो । भदौ २५ मा उपत्यकामा ५ सय ७२ जना कोरोना संक्रमित फेला परेका थिए । सबैभन्दा धेरै काठमाडौंमा ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना संक्रमित फेला परेका थिए ।
सरकारले संक्रमण रोकथामका लागि २१ दिन कडाइका साथ निषेधाज्ञा जारी गरे पनि संक्रमणको ग्राफ घट्नुको साटो झन् उकालो लागेको आँकडाले देखाउँछ ।
बुधबार अर्थात् भदौ ७ गते उपत्यकामा एकैदिन ६ सय ३७ जना संक्रमित फेला परे । जसअन्तर्गत काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सरकारले जारी गरेको पहिलो चरणको लकडाउनको बेला काठमाडौंमा कोरोना संक्रमणको अवस्था नगन्य थियो । त्यतिबेला बारा, पर्सामा कोरोना संक्रमणदर बढेको थियो । लकडाउन खुला गरेसँगै तराई तथा भारतबाट समेत मान्छेहरु काठमाडौं प्रवेश गर्न थाले । तराई र भारतबाट आएका मानिसहरु समुदायस्तर खाना बनाउने, टोल टोलमा पुगेर विभिन्न सामानहरु बिक्री गर्ने र घर लगायतका भौतिक संरचना निर्माणमा सहभागी हँुदा त्यसबाट समुदायस्तरमा संक्रमण फैलिँदै गयो ।
बुधबार निधन भएका ६ जनामध्ये ३ जना काठमाडौं उपत्यकाका छन् । मृतकमा १६ वर्षका पुरुष पनि छन् । अन्य जिल्लाको तुलनामा यतिबेला काठमाडौंको संक्रमणदर झन् झन् बढ्दै गएको छ । यतिबेला काठमाडौँ उपत्यका कोरोना संक्रमणको केन्द्र बन्न पुगेको छ । संक्रमणको आँकडाका आधारमा उपत्यकालाई संक्रमणको हब नै भन्न सकिने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उच्च जनघनत्व भएको स्थानमा मानिसहरुको चलायमान धेरै भयो र संक्रमण झन् फैलिन पाएको डा. पुनको विश्लेषण छ ।
संक्रमित क्षेत्रबाट मानिस भित्रिएपछि समस्या
असोज १ देखि निषेधाज्ञा हटाउनुका साथै सरकारले लामो दुरीको बस सेवा सञ्चालनको अनुमति दिएपछि विषेशगरी कोरोना संक्रमण बढेका क्षेत्रहरु तराईका जिल्ला तथा भारतबाट समेत यात्रुहरु काठमाडौं प्रवेश गर्न थाले ।
सरकारले जारी गरेको पहिलो चरणको लकडाउनको बेला काठमाडौंमा कोरोना संक्रमणको अवस्था नगन्य थियो । त्यतिबेला बारा, पर्सामा कोरोना संक्रमणदर बढेको थियो । लकडाउन खुला गरेसँगै तराई तथा भारतबाट समेत मान्छेहरु काठमाडौं प्रवेश गर्न थाले । तराई र भारतबाट आएका मानिसहरु समुदायस्तर खाना बनाउने, टोल टोलमा पुगेर विभिन्न सामानहरु बिक्री गर्ने र घर लगायतका भौतिक संरचना निर्माणमा सहभागी हँुदा त्यसबाट समुदायस्तरमा संक्रमण फैलिँदै गयो ।
गत आइतबारदेखि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हजारौँको संख्यामा कोरोना परीक्षणका लागि जाने गरेका छन् । जसमा अधिकांश तराई तथा भारतबाट आएकाहरुको बाहुल्यता छ । काठमाडौंका स्थानीयहरु सरकारी अस्पतालमा लाइन बस्नुपर्ने र समय लाग्ने भएकाले निजी अस्पतालमा परीक्षणका लागि जाने गरेका छन् ।
काठमाडौंको इन्द्रचोक, असनजस्ता क्षेत्रहरुबाट परिवारका परिवार संक्रमण परीक्षणका लागि अस्पताल आएको डा. शेरबहादुर पुन बताउँछन् ।
उनले भने, ‘पछि निषेधाज्ञा खोलेपछि पनि तराई र भारतबाट मान्छेहरु आउने क्रम बढ्यो र संक्रमणदर पनि झन् बढ्न थाल्यो । मानिसहरुले स्वास्थ्य प्रोटोकललाई पटक्कै पालना गरेनन् ।’
गत आइतबारदेखि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हजारौँको संख्यामा कोरोना परीक्षणका लागि जाने गरेका छन् । जसमा अधिकांश तराई तथा भारतबाट आएकाहरुको बाहुल्यता छ । काठमाडौंका स्थानीयहरु सरकारी अस्पतालमा लाइन बस्नुपर्ने र समय लाग्ने भएकाले निजी अस्पतालमा परीक्षणका लागि जाने गरेका छन् ।
सरकारको फितलो रणनीति र कमजोर व्यवस्थापन
उपत्यकामा संक्रमण बढ्नुको कारण केन्द्र सरकारको फितलो रणनीति र कमजोर ब्यवस्थापन भएको उपत्यका मेयर फोरमका प्रवक्तासमेत रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ बताउँछन् ।
उनले भने, ‘उपत्यकालाई कोरोनाबाट जोगाउन जुन पहल गर्नुपर्ने हो, त्यसमा संघीय सरकारको फितलो ब्यवस्थापन र लापरवाही भइरहेको छ । सार्वजनिक यातायात खुला गरेको छ तर त्यहाँ स्वास्थ्य प्रोटोकल पालना भए÷नभएको अनुगमन भएको छैन । होटल, रेष्टुरेन्टहरु पनि त्यसरी नै खुलेका छन् । स्वास्थ्य सुरक्षा प्रोटोकल कागजमा मात्रै सीमित छ । त्यसको अनुगमन नै भएको छैन । कारवाही पनि नहुने भएपछि त लापरवाही पनि हुने भइहाल्यो यसले गर्दा संक्रमण झन बढ्दै जाने देखियो ।’
अहिले उपत्यकामा मात्रै कुल संक्रमणको ६० प्रतिशत हिस्सा देखिएको छ । उपत्यकाभन्दा बाहिर संक्रमण कम भइरहेको छ । उपत्यका बाहिर आर्थिक गतिविधि गर्दै उपत्यकाको निषेधाज्ञा विस्तारै विस्तारै खोल्दै जानुपर्ने थियो । अहिले जुन सार्वजनिक यातायातहरु चल्न दिएको छ, बसमा कसैले पुरै सिट भर्ने गरेको छ, कुनैमा यात्रु खचाखच भरिएका छन्, उपत्यकाबाट बाहिर जाने र भित्र आउने काम पनि भइरहेको छ । यसकै कारण कोरोना संक्रमणको तेश्रो चरण सुरु हुन्छ कि भन्ने हामीलाई डर लागेको छ ।’
काठमाडौँ उपत्यकासँगै सबैभन्दा धेरै संक्रमित प्रदेशका रुपमा वागमती प्रदेश अग्रस्थानमा छ । बागमती प्रदेशमा होम आइसोलेशनमा सबैभन्दा धेरै ५ हजार ५ सय १६ संक्रमित छन् । यस्तै संस्थागत आइसोलेशनमा ४ हजार ६ सय ५० जना छन् ।
मध्यपुर थिमि नगरपालिकाका मेयर श्रेष्ठ आर्थिक गतिविधि सञ्चालनका लागि सरकारले नेपाललाई एउटै डालोमा राख्ने काम गर्नु नै गलत भएको बताउँछन् ।
उनले भने, ‘अहिले उपत्यकामा मात्रै कुल संक्रमणको ६० प्रतिशत हिस्सा देखिएको छ । उपत्यकाभन्दा बाहिर संक्रमण कम भइरहेको छ । उपत्यका बाहिर आर्थिक गतिविधि गर्दै उपत्यकाको निषेधाज्ञा विस्तारै विस्तारै खोल्दै जानुपर्ने थियो । अहिले जुन सार्वजनिक यातायातहरु चल्न दिएको छ, बसमा कसैले पुरै सिट भर्ने गरेको छ, कुनैमा यात्रु खचाखच भरिएका छन्, उपत्यकाबाट बाहिर जाने र भित्र आउने काम पनि भइरहेको छ । यसकै कारण कोरोना संक्रमणको तेश्रो चरण सुरु हुन्छ कि भन्ने हामीलाई डर लागेको छ ।’
संक्रमण गाउँ–गाउँ पुग्दै
अबको ३ सातापछि नेपालीहरुको सवैभन्दा ठूलो चाड दसैँ सुरु हुँदैछ । लामो दुरीको बस सञ्चालन नहुँदा घर जान नपाएकाहरु बस सञ्चालन हुन थालेपछि विभिन्न जिल्लामा रहेका आफ्ना गाउँ घरमा जाँदैछन् । अहिले काठमाडौंमा कोरोना पोजिटिभ देखिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा लक्षण नदेखिएको चिकित्सकहरुको भनाइ छ । लक्षणरहित संक्रमित सबैले पीसीआर परीक्षण गरेका छन् भन्ने ग्यारेन्टी हुँदैन । कुनै अन्जान संक्रमितको सम्पर्कमा पुगेर संक्रमित भएका र लक्षणविहीन भएका संक्रमित ब्यक्तिमार्फत गाउँघरमा संक्रमण पुग्ने खतरा रहेको डा. शेरबहादुर पुन औंल्याउछन् ।
दसैँमा हुने सामुहिक पूजा, बाक्लो जमघटका कारण संक्रमणदर झन् फैलिने र त्यसले गाउँघरमा रहेका ज्येष्ठ मानिसलाई सबैभन्दा बढी असर पुग्न सक्ने डा. पुन बताउँछन् ।
निषेधाज्ञापछि सिडिओको भूमिका गौण
सरकारले पहिलो चरणको लकडाउन खुला गरेसँगै काठमाडौंमा कोरोना संक्रमणदर बढ्न थाल्यो । त्यसपछि सरकारले स्थानीय प्रशासन ऐन र संक्रामक रोग नियन्त्रण ऐनको प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लागू गर्ने अधिकार दिएको थियो । काठमाडौं उपत्यकामा २१ दिनसम्म जारी निषेधाज्ञाका क्रममा यातायात, बजार, ब्यवसाय सबै ठप्प भयो ।
निषेधाज्ञाका बेला जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिएर उपत्यका आउनेहरुलाई नाका नाकामा ज्वरो नाप्ने गरिन्थ्यो । तर अहिले लामो दुरीको बस सेवा नै सुरु भएपछि ज्वरो नाप्ने काम पनि हटेको छ ।
निषेधाज्ञा जारीका बेला कोरोना रोकथामका लागि प्रमुख जिल्ला अधिकारीको कार्यकारी भूमिकाजस्तो देखिए पनि यतिबेला भने उनीहरुको भूमिका खुम्चिएको छ । अहिले सरकारले संक्रमणका बेला निषेध गरेका क्रियाकलापहरु सञ्चालनमा भए÷नभएको बारे अनुगमन गर्ने काम भइरहेको पाण्डेले बताइन् । यसका अलावा निषेधाज्ञा खुलेपछि चोरी, लुटपाटका घटना पनि बढेको र विद्रोही नेकपा विप्लव समूहको गतिविधि बढ्न सक्छ कि भनेर पनि निगरानी गरिरहेको उनको भनाइ छ ।
नाकामा खटिएका सुरक्षाकर्मी नै कोरोना संक्रमित हुन थालेपछि भक्तपुर छिर्ने नाकाहरुमा ज्वरो नाप्ने काम रोकिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रातोपाटीलाई जानकारी दिइन् । भक्तपुरमा मात्रै डेढ सय हाराहारी सुरक्षाकर्मी संक्रमित भएको उनले बताइन् ।
निषेधाज्ञा जारीका बेला कोरोना रोकथामका लागि प्रमुख जिल्ला अधिकारीको कार्यकारी भूमिकाजस्तो देखिए पनि यतिबेला भने उनीहरुको भूमिका खुम्चिएको छ । अहिले सरकारले संक्रमणका बेला निषेध गरेका क्रियाकलापहरु सञ्चालनमा भए÷नभएको बारे अनुगमन गर्ने काम भइरहेको पाण्डेले बताइन् । यसका अलावा निषेधाज्ञा खुलेपछि चोरी, लुटपाटका घटना पनि बढेको र विद्रोही नेकपा विप्लव समूहको गतिविधि बढ्न सक्छ कि भनेर पनि निगरानी गरिरहेको उनको भनाइ छ ।
‘फेरि निषेधाज्ञा गर्नुपर्छ’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य आफै पनि कोरोनाबाट संक्रमित भए । हाल उनी संक्रमणमुक्त भइसकेका छन् भने उपत्यकाका दुई नगरपालिकामा मेयर संक्रमित भएर आइसोलेशनमा बसेका छन् । महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठ र तारकेश्वर नगरपालिका काठमाडौंका मेयर मोहनबहादुर बस्नेत आइसोलेशनमा छन् ।
‘अहिले कोरोनाको परीक्षणदर पनि घटाएको छ, नेपालभर गरेर परीक्षणदर औसत ९ हजार छ । यदि परीक्षणदर बढाउने हो भने उपत्यकामा दोब्बर संख्यामा संक्रमित फेला पर्न सक्छन् । २५ हजार सक्रिय संक्रमित कहिले पुग्ला र लकडाउन गरौँला भन्ने भन्दा पनि उपत्यकामा चाँहि पहिलेजस्तै निषेधाज्ञालाई बढाउनुपर्छ । सार्वजनिक यातायात तत्काल नचलाऔं, अन्य सवारी साधन पनि जोर विजोरका आधारमा चलाऔं ।’
अहिले उपत्यकाको मेयर फोरमको बैठक पनि बस्न सकेको छैन । सो फोरमका सचिव समेत रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ भने फेरि निषेधाज्ञा गर्नुपर्ने बताउन्छन् ।
उनले भने, ‘अहिले कोरोनाको परीक्षणदर पनि घटाएको छ, नेपालभर गरेर परीक्षणदर औसत ९ हजार छ । यदि परीक्षणदर बढाउने हो भने उपत्यकामा दोब्बर संख्यामा संक्रमित फेला पर्न सक्छन् । २५ हजार सक्रिय संक्रमित कहिले पुग्ला र लकडाउन गरौँला भन्ने भन्दा पनि उपत्यकामा चाँहि पहिलेजस्तै निषेधाज्ञालाई बढाउनुपर्छ । सार्वजनिक यातायात तत्काल नचलाऔं, अन्य सवारी साधन पनि जोर विजोरका आधारमा चलाऔं ।’
उपत्यकामा २१ देखि ३० वर्षका युवाहरुमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ । उनीहरुबाट घरमा रहेका ६० वर्षभन्दा माथिका व्यक्तिमा सर्ने र उनीहरुको मृत्यु हुने क्रम बढिरहेकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने मेयर श्रेष्ठको भनाइ छ ।
सरकारको यो नीति घातक हुन सक्छ
–लक्षण नदेखिएकोलाई पीसीआर परीक्षण नगर्ने
–परीक्षणदर घटाउने
–मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने
सरकारले मृत्यु भएका ब्यक्तिको कोरोना परीक्षण नगर्ने र लक्षण नदेखिएकाहरुको पनि परीक्षण नगर्ने बताएपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको विरोध गरेका थिए । मेयर श्रेष्ठ पनि सरकारले भनेको पछिल्लो नीतिका कारण कोरोना संक्रमण झन् बढ्ने खतरा औँल्याउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
-
अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई रिहा गर्ने तयारी