चीनमा किन छैन इमेलको चलन ?
म सन् २००८ मे महिनामा चीनको एक सानो इलाकाको येंगशुओमा रहेको एक नीजि अंग्रेजी स्कूलमा पढाउँथे ।
कोर्स समाप्त भएपछि मेरा एक विद्यार्थीले मलाई क्यूक्यू (QQ) एप डाउनलोड गर्न भने ता कि हामी एक–अर्काको सम्पर्कमा रहन सकूँ । यो एप एमएसएन मेसेन्जरले झैं काम गर्दथ्यो ।
मैले उनलाई फेसबुकमा मलाई फ्रेन्डलिस्टमा जोड्न भनेँ र उनको ई–मेल एड्रेस मागेँ, त्यतिबेला चीनमा फेसबुक ब्लक थिएन ।
केही विद्यार्थीले त इमेल एड्रेस दिए तर ती सम्झिनै गाह्रो हुन्थे किनभने ती यस्ता हुन्थे – zwpzjg59826@126 डट कम ।
मलाई यी इमेल एड्रेस अचम्मको लाग्यो तर त्यतिबेला यस्ता इमेल ठेगाना बनाउनु असामान्य थिएन, बेलायतमा पनि थिएन ।
केही वर्षपछि म चीनको राजधानी बेइजिङमा एक स्वतन्त्र पत्रकार र कपिराइटको रुपमा काम गर्न थालेँ । म सायदै कोही चिनियाँसँग इमेलमार्फत् कुरा गर्दथेँ ।
मलाई स्मार्टफोनमा नै चीनको मेसेजिङ ऐप विच्याटमार्फत् कपिराइटिङको काम आउने गर्दथे ।
काम पूरा भएपछि म यसै एपमा काम पठाइदिन्थेँ र त्यसैमा मैले पारिश्रमिक पनि पाउथेँ ।
यसको तीब्र गती र मोबाइलमा अत्यधिक सहज भएका कारण यो पूरा प्रक्रिया असाध्यै जादुमय लाग्थ्यो ।
अमेरिका र बेलायत दुबै स्थानमा इमेल नै लोकप्रिय छ । अमेरिकामा यसका ९०.९ प्रतिशत प्रयोगकर्ता छन् भने बेलायतमा ८६ प्रतिशत ।
यी देशमा अन्य अनलाइन गतिविधि जस्तै ब्राउजिङ, इन्टरनेट बैंकिङ, भिडियो हेर्नु वा सोसल मिडिया प्रयोग गर्नुभन्दा इमेलको प्रयोग नै बढी हुने गर्दछ ।
तर चीनमा यस्तो छैन ।
डेलोयट कम्पनीले सन् २०१८ मा चीन मोबाइल कन्ज्यूमरमाथि गरेको सर्वेक्षणमार्फत् थाहा हुन्छ कि चीनका मानिसहरु संसारभरीका अन्य प्रयोगकर्ताको तुलनामा आफ्नो इलेम २२ प्रतिशत कम हेर्ने गर्छन् ।
यस्तै, करिब ७९ प्रतिशत चीनका स्मार्टफोन प्रयोगकर्ता विच्याटको नियमित प्रयोग गर्छन् र ८४.५ प्रतिशत मेसेजिङ एप प्रयोगकर्ता विच्याटको प्रयोग गर्छन् ।
विच्याट बनाउने कम्पनी टेनसेन्टको अनुसन्धान समूह पेन्गुइन इन्टेलिजेन्सको रिपोर्टका अनुसार २० हजार मानिसहरुमाथि गरिएको सर्वेक्षणमा ८८ प्रतिशत मानिसहरुले उनीहरु दैनिक कामकाजका लागि विच्याटको प्रयोग गर्ने बताए ।
यस्तै, फोन, एसएमएस र फ्याक्सको प्रयोग गर्ने ५९.५ प्रतिशत छन् । यी सबै पछि इमेलको नम्बर आउँछ जसलाई २२.६ प्रतिशत मानिसहरुले मात्रै प्रयोग गर्छन् ।
इवा सू एक ताइवानी हुन् जसले डिजिटल ब्रान्डिङ कम्पनी चलाउने गर्छिन् र उनले आफ्नो धेरै समय अमेरिकामा पनि बिताएकी छिन् । अब उनी विगत ६ वर्षदेखि शंघाईमा काम गरिरहेकी छिन् ।
उनका अनुसार उनले विदेशी ग्राहकसँग सम्पर्कका लागि इमेल र लिङ्क्डइनको प्रयोग गर्छिन् तर चिनियाँ ग्राहकका लागि गर्दिनन् ।
‘चिनियाँ ग्राहक विच्याट प्रयोग गर्छन् र त्यहाँ नै सबैले फाइल पठाउँछन् ।’
साइबर क्याफेः
चीनमा विच्याट एक तरिकाले सर्वव्यापी छ जसका १ अर्बभन्दा बढी प्रयोगकर्ता छन् ।
तर विच्याटको यत्तिका प्रयोगकर्ता हुनुको कारण भने निकै अघि नै पैदा भएको हो ।
सन् १९९९ मा चिनियाँ कम्पनी टेनसेन्टले क्यूक्यू नामको उत्पादन लञ्च गर्यो जुन डेस्कटपका लागि इन्स्टेन्ट मेसेजिङ प्रोग्राम आइसीक्यूमा आधारित थियो ।
वर्ल्ड बैंकका अनुसार त्यतिबेला चीनमा प्रत्येक सय व्यक्तिमध्ये १.२ मानिसहरुसँग मात्रै कम्प्युटर हुन्थ्यो । तर अमेरिकामा त्यतिबेला हरेक दुई व्यक्तिमध्ये एकसँग कम्प्युटर हुन्थ्यो ।
तर २१ औं शताब्दि जति जति अघि बढ्यो, चीनमा इन्टरनेट क्याफे बढ्न थाले र युवावर्गले ती प्रयोग गर्न थाले ।
यी क्याफेको लोकप्रियताको एउटा कारण क्यूक्यू एप पनि थियो किनभने यसमा मनोरञ्जनका लागि गेम, सङ्गीत र सुरुवाती चिनियाँ सोसल मिडिया नेटवर्कको सुविधा थियो जहाँ मानिसहरु माइक्रो ब्लगिङ गर्दथे ।
इमेलको तुलनामा क्यूक्यूमा संवादका धेरै विकल्प थिए जस्तै अवतार र इन्स्टेन्ट मेसेजिङ ।
ड्राइभिङ लाइसेन्सजस्तै जरुरीः
लेखक जेम्स युआन र जेसन इन्चले आफ्नो २००८ मा सार्वजनिक भएको किताब ‘सुपरट्रेन्ड्स अफ फ्यूचर चाइना’ मा लेखेअनुसार चिनियाँ मानिसहरुका लागि क्यूक्यू वा एमएसएन अकाउन्ट बिना काम गर्न असम्भव झैं थियो ।
उनी लेख्छन्, ‘पश्चिमा देशका मानिसहरुले लाइसेन्सधारी व्यक्तिबारे जे सोच्छन्, यो त्यस्तै हो ।’
कम्पनीका वरिष्ठ अधिकारी आफ्नो बिजनेस कार्डमा आफ्नो क्यूक्यू नम्बर लेख्दथे र थुप्रै बिजनेसको आफ्नो क्यूक्यू अकाउन्ट हुन्थ्यो ।
मा हुआटेन्ड टेनसेन्ट कम्पनीका संस्थापक हुन् ।
सन् २०१२ सम्म चीनमा क्यूक्यूका प्रति महिना ७९८ मिलियन सक्रिय प्रयोगकर्ता हुने गर्दथे र यो आँकडा चीनको तत्कालीन जनसंख्याभन्दा आधा बढि थियो ।
तर टेनसेन्टले सन् २०११ मा विचच्याट सुरु गर्यो र हेर्दा हेर्दै विच्याट देशमा संवादको सबैभन्दा लोकप्रिय माध्यम बन्यो । त्यतिबेला डेस्कटप कम्प्युटरले स्मार्टफोनको स्थान ओगटिसकेको थियो ।
बेलायतका म्याथ्यू ब्रेनन सन् २००४ देखि चीनमा काम गरिरहेका छन् र चीनको डिजिटल इनोभेसनका लागि कन्सल्टेन्टको काम गरिरहेका छन् । उनका अनुसार थुप्रै देशमा इमेल एड्रेस मानिसको पहिचानको हिस्सा हुने गर्दछ किनभने थुप्रै अनलाइन सर्भिसमा रजिस्टर गर्नका लागि इमेलको आवश्यकता पर्छ ।
तर चीनमा मोबाइल एप्सबाट काम हुन्छ र अलिपे एप वा विच्याटमार्फत् नै सबै प्रकारको अनलाइन लेनदेन हुने गर्दछ ।
तपाईं एउटै एपले अपोइन्टमेन्ट बुक गर्न सक्नुहुन्छ, सपिङ गर्न सक्नुहुन्छ र आफ्ना साथीहरुलाई सन्देश पनि पठाउन सक्नुहुन्छ ।
इन्स्टेन्ट मेसेजिङः
चेउङ कोङ बिजनेस स्कूलमा अर्थशास्त्रीकी प्राध्यापक जोङ लिङले विच्याट चीनको वर्किङ कल्चरमा फिट हुने बताउँछिन् ।
उनी भन्छिन्, ‘विच्याटमा काम गर्दा इमेलको तुलनामा कम औपचारिक समय लाग्छ ।’
‘यो अनौपचारिकताका कारण मानिसहरु तुरुन्त जवाफ दिन्छन् र तुरुन्त जवाफ दिनु चीनको संस्कृति र व्यापारिक परिवेशको आवश्यकता हो ।’
जोङका अनुसार चीनमा मानिसहरुको वर्क लाइफ र नीजि जीवनबीच कुनै बलियो सीमारेखा हुँदैन ।
‘नतिजा यो हुन्छ कि मालिक र म्यानेजरले धेरैजसो आवस्थामा सामान्य कामको समय समाप्त भइसक्दा पनि काम दिने गर्छन् र केही प्रश्न छ भने भोलिको प्रतिक्षा नगरी तत्काल सोधिहाल्छन् ।’
उनका अनुसार कुनै कामको विषयमा पटक–पटक संवादको आवश्यकता हुन्छ त्यसैले इमेलको तुलनामा विच्याट निकै छिटो हुन्छ ।
यद्यपि, यसको एक हानी पनि छ कि कर्मचारी हरेक समय जवाफ दिने दबाबमा हुन्छन् ।
तुरुन्त जवाफ चाहिन्छः
कुनै प्लेटफर्म कसरी बनाइएको छ त्यसको असर हाम्रो संवाद गर्ने तरिकामा पनि निर्भर हुन्छ । यो त्यस्तो असर हो जुन फेसबुक, ह्वाट्सएप वा विच्याटमा देखिन्छ पनि ।
ब्रेननका अनुसार इन्स्टेन्ट मेसेजिङमा तपाईंले छिटोभन्दा छिटो जवाफ दिनुहोस् भनेर अपेक्षा गरिन्छ ।
‘त्यसैले तपाईंले विकेन्डमा मेसेज पाउँदा पनि तपाईंले जवाफ दिनुपर्छ ।’
अंग्रेजी बोलिने देश जस्तै बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डमा आज पनि इमेल लेख्ने पुरानो चलन चल्छ ।
जस्तै ‘प्रिय एबीसी’ जस्तो सम्बोधन र अन्त्यमा औपचारिक ‘धन्यवाद’ लगायतका शब्द आज पनि प्रयोग गरिन्छन् ।
तर थुप्रै एशियाली देशमा तत्काल र अनौपचारिक मेसेजिङ एपको चलन बढ्दै गएको छ ।
एलन केसी प्रोफेट नामको कन्सलटेन्सी फर्ममा काम गर्छन् जसको अफिस एशियाको थुप्रै स्थानमा छ । उनका अनुसार उनलाई र उनको टिमलाई एशियामा इमेलको तुलनामा च्याट एप नै बढी प्रासंगिक लाग्छ ।
केसी भन्छन्, ‘थुप्रै देश जस्तै चीन र दक्षिण पूर्व एशिया कम्प्युटर युगको साटो सिधा मोबाइल कनेक्टिभिटीको युगमा आएका छन् ।’
‘यसका कारण सोसल प्लेटफर्म जस्तै फेसबुक, विच्याट, लाइन, जालोलगायतका प्रयोगकर्ता एकाएक बढेका छन् ।’
व्यापारः
चीनमा विच्याटबाहेक ठूला कम्पनीको काम बिजनेस एप्समार्फत् हुन्छ ।
जस्तै अलिबाबाको डिंगटक र बाइटडान्सको लार्क । साथै विच्याटको पनि बिजनेस वर्जन छ – विच्याट वर्क जसमा डकुमेन्ट शेयरिङ र अनलाइन एडिटिङ फिचर उपलब्ध छन् । पे–रोल सर्भिस र प्राइभेसीको स्तर बढी छ ।
डिंगटकमा मेसेज पढियो पढिएन भनेर थाहा पाउने सुविधा पनि छ । पढिएको छैन भने एउटा पुश मेसेज पनि पठाउन सकिन्छ ।
पश्चिममा अनलाइन सर्भिस छरिएका छन्ः
३० वर्षकी हेलेन जिआ चीनको एक क्रिप्टोकरेन्सी ट्रेडिङ कम्पनीमा पब्लिक रिलेशन म्यानेजर हुन् ।
सन् २०१८ मा उनी बेइजिङबाट आफ्नो पार्टनसरसँग बेलायत बस्न आइन् ।
उनका अनुसार बेलायतमा अनलाईन सर्भिस निकै छरिएका छन् ।
उनी भन्छिन्, ‘तपाईं अमेजनमा केही खरिद गर्नुहुन्छ, कुनै एपमा खानपिनको सामान खरिद गर्नुहुन्छ र वेबसाइटमा अपोइन्टमेन्ट बुक गर्नुहुन्छ र यसका लागि इमेल वा फेसबुकको आवश्यकता पर्छ । जबकी चीनमा यो सबै विच्याट अकाउन्टबाट हुन्छ ।’
हेलेनलाई अझै आफ्नो इमेल हेर्ने बानी बसेको छैन ।
‘मैले चीनमा कहिले पनि इमेल हेरिनँ त्यसैले इमेलमा मानिसहरुले जवाफ दिन्छन् भनेर अपेक्षा पनि छैन र इमेलमा कुनै मनोरञ्जनका लागि त म लग इन गर्दिनँ ।’
तर यसको अर्थ यो होइन कि चिनियाँ मानिसहरु इमेलको प्रयोग रत्तिभर पनि गर्दैनन् ।
धेरैसाग इमेल एड्रेस छ तर अमेरिकी र युरोपेलीको तुलनामा उनीहरु कम इमेल हेर्छन् ।
ब्रेननका अनुसार ठूला शहर जस्तै बेइजिङ वा शंघाईमा अन्तरराष्ट्रिय मानकको हिसाबले काम हुन्छ ।
येंगशुओमा मेरा एक पुराना विद्यार्थी लिली वाङ ती मानिसमध्ये एक थिइन् जसले कोर्स समाप्त भएपछि मलाई आफ्नो इमेल एड्रेस दिएकी थिइन् ।
इमेल अतितको एक अवशेषः
हामी केही समयका लागि इमेलमार्फत् सम्पर्कमा रह्यौं । अब उनी ३० वर्ष पुगिसकेकी छिन् र चीनको गुआडोंगमा बस्छिन् । उनी एक लाइटिङ कम्पनीमा काम गर्छिन् ।
थुप्रै वर्ष अघि मैले उनलाई विच्याटमा भेटेँ र अब हामी यसैमा कुराकानी गर्छौं ।
मैले उनलाई आफूहरु सम्पर्कमा रहने गरेको इमेल अझै पनि प्रयोग गर्छौ भनेर सोधेँ ।
उनले हाँस्दै सोधिन्, ‘ कुन चाहिँ ? मसँग त धेरै थिए – १६३, १२६ र एमएसएन ।’
अब उनी सायदै आफ्नो इमेल चेक गर्छिन् र सायद उनलाई अन्तिम पटक कहिले चेक गरेकी थिइन् भनेर पनि याद छैन होला ।
उनी भन्छिन्, ‘म धेरैजसो विच्याट नै प्रयोग गर्छु, क्यूक्यू त्यति प्रयोग गर्दिनँ तर कहिलेकाँही त्यो पनि गर्छु ।’
वाङजस्ता थुप्रै चिनियाँका लागि विच्याट दैनिक जीवनको एक हिस्सा हो भने इमेल अतितको कुनै अवशेष ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का