मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार भारतमा चक्काजाम

शुक्रबार, ०९ असोज २०७७, ०७ : ४०
शुक्रबार, ०९ असोज २०७७

भारतको संसदको दुबै सदनबाट पारित कृषि विधेयकविरुद्ध शुक्रबार किसान संगठनले भारतभरी चक्काजामको आह्वान गरेका छन् ।

सरकारले यी विधेयकलाई किसानको हितैषी बताउँदै यसले किसानको आय बढ्ने र बजार उनको उत्पादनका लागि खुल्ने जानकारी दिएको छ ।

 यस्तै किसान संगठनले यो विधेयक कृषि क्षेत्रलाई व्यापारीको हातमा सुम्पिने कोसिसको हिस्सा भएको बताएको छ ।

यी विधेयकविरुद्ध सबैभन्दा व्यापक प्रदर्शन पंजाब र हरियाणामा भइरहेको छ ।

पंजाबमा त बिहिबार नै रेल रोक भन्ने अभियान चलाइएको छ ।

 किसान संगठनका अनुसार शुक्रबार पूरा देशभरी यी विधेयकविरुद्ध प्रदर्शन हुनेछ ।

 भारतीय किसान युनियन (बिकेयू) ले उत्तर प्रदेशमा शुक्रबार चक्का जाम गर्ने तयारी गरिरहेको छ ।

 बिकेयूसँग सम्बन्धित किसान नेता धर्मेन्द्र सिंहले पश्चिमी उत्तर प्रदेशका सबै जिल्लामा शुक्रबार बिहान १० बजेदेखि बेलुका चार बजेसम्म चक्का जाम गरिने जानकारी दिए ।

यस्तै किसान संगठनका संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले शुक्रबार देशभरी पूर्ण बन्द आह्वान गरेको छ ।

 यो समितिमा भारतका १२ किसान संगठन समावेश छन् र यी कुनै राजनीतिक दलसँग सम्बन्धित छैनन् । यूपी, मध्य प्रदेश, कर्नाटक, तमिनाडु, पंजाब र हरियाणामा यी संगठनको व्यापक उपस्थिती छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप