शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङको खत्रिपौवामा पहिरो, काठमाडौं आवतजावत गर्ने गाडी रोकिए

शुक्रबार, ०९ असोज २०७७, ०७ : ३८
शुक्रबार, ०९ असोज २०७७

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका स्थित खत्रिपौवामा  पहिरो खसेको छ । शुक्रवार विहान धुनिवेशी–९ खत्रिपौवा स्थित राजमार्गमा पहिरो खसेपछि काठमाडौं आवत–जावत गर्ने सवारी रोकिएका छन् ।  

स्काभेटरको सहायताको पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

दुईदिन देखी लगातारको वर्षाले राजमार्गमा पहिरोको जोखिम बढेको छ । धादिङ र चितवनको सिमानामा पर्ने पृथ्वी राजगमार्गका बिहीबार पनि धेरै ठाउँमा पहिरो खसेको थियो । पहिरोका कारण कतिपय ठाउँमा एकतर्फी मात्रै सवारी चलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप