शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रणवीर सिंहको निवेदनः ‘दीपिका कहिलेकाँही डराउँछिन्, सोधपुछमा मलाई सँगै बस्न दिइयोस्’

शुक्रबार, ०९ असोज २०७७, ०७ : ००
शुक्रबार, ०९ असोज २०७७

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ ।

दीपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगिन् । श्रीमान् रणबीर सिंह पनि उनीसँगै थिए । सुरक्षाका कारण उनी करिब ४५ मिनेट एयरपोर्टमा नै बसिन् । एनसीबीले दीपिकालाई शनिबार सोधपुछ गर्नेछ । स्रोतका अनुसार राणवीरले एनसीबीसँग निवेदन दिएका छन् । उनले निवेदनमा सोधपुछको क्रममा आफू पनि दीपिकासँगै बस्न चाहेको बताएका छन् । उनकी श्रीमतीलाई कहिलेकाँही डर लाग्ने भएकोले उनलाई सँगै बस्न अनुमति दिइयोस् भनेर निवेदन दिइएको छ ।

रणवीरले भने, ‘हामी कानूनलाई पालना गर्ने नागरिक हौं । थाहा छ कि नियममा अनुसन्धान भइरहेका बेला अर्को व्यक्ति बस्न सक्दैनन् तर पनि एनसीबीको कार्यालय भित्रसम्म जाने अनुमति भने दिनुपर्छ ।’

यद्यपि, उनको यो अपिलमा अहिले पनि कुनै निर्णय भएको छैन । यसअघि दीपिकाले एनसीबीको नोटिसको जवाफमा उनले आफू सोधपुछमा समावेश हुने र अनुसन्धानलाई सहयोग गर्ने बताएकी थिइन् ।

सारा पनि गोवाबाट मुम्बई पुगिन्ः

सारा अली खान गोवाबाट मुम्बई पुगेकी छिन् । उनीसँग उनकी आमा अमृता सिंह पनि थिइन् । सारा र दीपिका सुटिङका लागि पछिल्ला केही दिनदेखि गोवामा थिए । उता नायिका रकुलप्रिल र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग पनि एनसीबीले शुक्रबार सोधपुछ गर्नेछ ।

कुन नायिकालाई कुन दिनको समन ?

– रकुलप्रित सिंह र करिश्मा प्रकाशः शुक्रबार

– दीपिका पादुकोणः शनिबार

– सारा अलीः शनिबार

– श्रद्धा कपुरः शनिबार

रकुलप्रितले बिहिबार बिहान उनले हालसम्म समन नपाएको बताएकी थिइन् । तर पछि एनसीबीले रकुलप्रितले समन पाएको कुरा स्विकार गरेकी छिन् । उनले आफ्नो ठेगाना पनि अपडेट गराएकी छिन् । यसअघि समन नपाएको खबरमा एनसीबीले नायिकालाई थुप्रै माध्यममार्फत् सम्पर्क गर्ने कोसिस गरियो तर कुरा हुन नसकेको बताएको थियो । उनलाई फोन पनि गरिएको तर फोन नउठेको बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप