कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो
शुक्रबार, ०९ असोज २०७७, ०६ : ४८
कोरोना निको हुनेको सङ्ख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ पुगेको छ । बुधबार भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको जानकारी दिए । हालसम्म ५० हजार ४११ जना सङ्क्रमित निको भएका छन् । बिहीबार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार देशमा सक्रिय सङ्क्रमितको कोरोनामुक्त हुनेको सङ्ख्या २५ हजार नाघेमा पुनः बन्दाबन्दी गर्न सिफारिस निर्णय गरेको थियो ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा