शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा अन्तर्राष्ट्रिय चलचित्र मेला स्थगित

बिहीबार, ०८ असोज २०७७, २३ : ०४
बिहीबार, ०८ असोज २०७७

एजेन्सी । भारतमा हुने वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ । यस बर्ष हुने मेला अर्को बर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ । यस वर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।

भारतमा कोरोनाभाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस वर्ष मेला आयोजना गर्न सकिने सम्भावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन् । आयोजकहरुको आधिकारीक ट्वीटर हेन्डलमार्फत् कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो । उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “यस बर्ष आयोजना गर्ने तय भएको ५१ औँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष गर्न नसकिने भएको छ । यो मेला अहिलेलाई स्थगित गरेर अर्को बर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ ।”

विगत पाँच दशकदेखि हुदै आएको भारतको बहुप्रतिष्ठीत बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो ।  –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप