पेप्सीकोलामा डेरा खोज्दै आउनेले घरधनीको सिक्री लुटेर भागे !
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा कोठा खोज्दै पुगेका दुईजना युवाले घरधनीको सुनको सिक्री लुटेर भागेका छन् । बिहिबार साँझपख पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा खोज्दै दुईजना युवा पुगेका थिए । भुँईतल्लामा रहेको दुईवटा कोठा मासिक १० हजार तिर्नेगरी डिल भएपछि उनीहरुले सोधे– ‘घरमा को–को बस्छन् ?’
घरधनी पवित्राले दोस्रो तल्ला भाडामा दिएको र तेस्रो तल्लामा छोरो बस्ने जानकारी गराएपछि उनीहरुले ‘सुन, पैसा सवै नदिए राम्रो नहुने’ चेतावनी दिए । त्यसपछि उप्रेतीले डराएर १ तोलाको सिक्री फुकालेर दिइन् । सिक्री लिएपछि दुईजोर चप्पल छाडेर लुटेरा स्कुटरमा भागेको बताइएको छ । ‘घर नै लुटेको’ खबर आएपछि प्रहरी उनको घरमा पुगेको थियो ।
लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले रातोपाटीलाई बताए । उनले भने–‘हामी खोज्दै छौं, लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’ भुँईतलाको दुईवटा कोठा लकडाउनपछि खाली भएको थियो । कोठा भाडामा लगाउने लोभमा पवित्रा अनाहकमा लुटिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला