शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

११ करोड ८२ लाख जरिवाना तोकिएकी फरार अभियुक्त पक्राउ

बिहीबार, ०८ असोज २०७७, २० : ४६
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । बैंकिङ कसुर मुद्धामा ३ वर्ष कैद र ११ करोड ८२ लाख ९२ हजार जरिवाना हुने फैसला सुनाइएकी जयन्ती केसीलाई प्रहरीले पक्रेको छ । 

५६ वर्षीया केसीलाई काभ्रेको बनेपा नगरपालिका–६ बाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । उनि बनेपा–६ बुडोलकी स्थानिय हुन् । 

उच्च अदालत पाटनले ०७१ वैशाख २९ मा बैंकिङ कसुरका दुईवटा मुद्धामा उनलाई ११ करोड ८२ लाख ९२ हजार जरिवाना हुने फैसला गरेको थियो । 

३ वर्ष जेल सजाय समेत तोकिएकी केसीलाई ईलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले पक्राउ गरेको हो । अदालतको फैसलापछि उनी फरार थिइन् । 

पक्राउ पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकको आदेशले उनलाई धुलिखेल कारागारमा थुनामा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप