शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलको कोरोना अस्पतालमा थप एक महिलाको मृत्यु

बिहीबार, ०८ असोज २०७७, १९ : ४२
बिहीबार, ०८ असोज २०७७

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा आज साँझ थप एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले रातोपाटीलाई बताए । उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको बिहीबार साँझ मृत्यु भएको हो ।

उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । आज बिहान पनि भेन्टिलेटरमा रहेका दुई जनाको मृत्यु उक्त अस्पतालमा मृत्यु भएको थियो । डा.गौतमकाअनुसार हालसम्म अस्पतालमा २२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

बिहीबार बिहानै नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुष र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गौतमले जानकारी दिए । रामग्रामका संक्रमित कलेजो र मिर्गौलाका तथा कपिलवस्तुका संक्रमित मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेकोले भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप