‘कोरोना भाइरसको विषयमा बढी भ्रम फैलियो’
काठमाडौं । सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारीभन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आज भएको छलफलमा सांसदहरुले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन् । सांसद रामचन्द्र राईले कोरोना महामारी हो की सरुवा रोग मात्रै हो भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए । स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागी बैठकमा उनले सरुवा रोग मात्रै हो भने कोकोहोलो किन गर्नुपरेको भन्दै प्रश्न गरे ।
महामारी नै हो भने सामान्य अवस्थाको मृत्युदर र अहिलेको मृत्युदरको विश्लेषण हुनुपर्ने उनले बताए । सांसद कोमल वलीले लक्षण देखिएकालाई मात्रै पीसीआर परीक्षण गर्ने नीति ठिक नभएको बताइन् । संक्रमित भएर उपचार गराइरहेको व्यक्तिले अन्य व्यक्तिमा संक्रमण फैलाउने डर बढी हुने भएकाले लक्षण देखिएमात्रै परीक्षण गर्ने नीति ठिक नभएको उनले बताइन् । परीक्षणमा भएको खर्चभन्दा पनि जनताको स्वास्थ्य ठूलो कुरा भएको उनको भनाई थियो ।
सांसद गोपीबहादुर सार्कीले कोभिडको विषयमा बढी चर्चा र आतंक फैलाइएको बताए । आतंक सिर्जना हुने गरी भएको प्रचारले आम मानिसमा मनोवैज्ञानिक असर गरेको उनले बताए । सांसद शेखरकुमार सिंहले स्थानीय तहमा अस्पतालको संख्या मात्रै नभएर जनशक्ति पनि बढाउनेतिर ध्यान दिनुपर्ने बताए ।
सांसद अनिता देवकोटाले अबको अवस्था कसरी सामान्य बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् । कोभिड १९ संक्रमणको जोखिम नेपालमा पनि हुन्छ भन्ने थाहा भएपनि रोकथामका लागि सरकार र संसदले आवश्यक योजना बनाउन नसकेको उनको भनाई थियो ।
सांसद खिमलाल भट्टराईले पछिल्लो समय समाजमा लक डाउनको आतंक फैलिएकोले अब लकडाउन गर्न नपर्ने गरी प्रोटोकल बनाउनुपर्ने बताए । छलफलमा सहभागी मन्त्रालयका सहसचिव डा.गुणराज लोहनीले अहिले भेन्टिलेटर भन्दा अक्सिजनको उपचार विधि लाभदायी देखिएको बताए । आयुर्वेदिक औषधिको परीक्षण र प्रयोग नेपालमा पनि भइरहेको सन्दर्भमा ७, ८ दिनमा रिपोर्ट नेगेटिभ आउने गरेको उपचारमा संलग्न व्यक्तिहरुले रिपोर्ट गर्ने गरेको उनले बताए । पालिकाहरुमा स्थापना हुने अस्पतालहरुमा छात्रवृतिमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक पालिकामा १ जना चिकित्सकको व्यवस्था गर्नेगरी योजना अगाडी बढेको उनले बताए ।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको भ्याक्सिन बनेपछि नेपाललाई सहज रुपमा उपलब्ध गराउन भारत, रसिया र चीन लगायतका मुलुकसँग दुई पक्षीय कुराकानी भइरहेको बताए । चिकित्सकहरुको जोखिम भत्ताका विषयमा मन्त्रिपरिषद्ले तयार पारेको कार्यविधिअनुसार वितरण भइरहेको उनले बताए ।
नेपाली वैज्ञानिकहरुले भ्याक्सिन पत्ता लगाएको अवस्थामा पनि सुरुवाती चरणमा अन्य देशहरुको भ्याक्सिन नै प्रयोग हुने उनले बताए । भ्याक्सिन पत्ता लागेपछि परीक्षणमा बढी समय लाग्ने भएकाले पनि तत्कालिन अवस्थामा अन्य देशहरुले बनाएको भ्याक्सिन नै प्रयोगमा आउने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
-
धनीहरूको क्लबमा ‘इगो प्रोब्लम’, शेष घले भर्सेस बद्री केसी !
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान
-
फिल्म उद्योगका मानिस चिन्न निर्माण क्षेत्रमा आउनुपर्ने रहेछ : नायिका ढुंगाना