क्यानाडामा कोभिड १९ संक्रमण दोस्रो चरणमा: प्रधानमन्त्री

एजेन्सी । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन् । उनले बुधबार क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिएका हुन् ।
उनले बुधबार यहाँको राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भनेका छन्– ‘क्यानाडामा पनि यस संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको छ ।’ उनले यहाँ दोस्रो चरण अर्थात् ‘सेकेन्ड वेब’ शुरु भइसकेको र अब देशमा यसको असर देखिनसक्ने भन्दै यसका लागि आवश्यक सतर्कता अपनाउन सबै देशबासीलाई आग्रह पनि गरे ।
क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । बीचमा यसको प्रकोप घटेको देखिएको भए पनि पछिल्ला केही हप्ताहरुमा यसका संक्रमित थपिएका छन् । यहाँका जनस्वास्थ्य विज्ञहरुले पनि क्यानाडामा दोस्रो चरणको संक्रमण शुरु भएको बताएका छन् । यहाँका अधिकारीहरुको तथ्यांकअनुसार गएको हप्तामात्र यहाँ सात हजार ५०० भन्दा बढी सङ्क्रमित देखिएका बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने