झापाका युवा धरानको होटलमा मृत फेला
काठमाडौँ । धरान उपमहानगरपालिका–१८ स्थित सोलुखुम्बु होटलमा झुण्डिएको अवस्थामा एक युवा मृत फेला परेका छन् । झापाको माइधारा घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार दर्नाल खाटमा अोछ्याएको तन्नाको पासो लगाएर पङ्खा झुण्डाउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
दर्नालसँगै होटलमा सँगै बसेका ३ युवतीलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । होटलमा युवतीसँग बसेको खुलेकाले ३ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको डीएसपी बस्नेतले बताए ।
दर्नालको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । रिपोर्ट भने आइनसकेको प्रहरीले जनाएको छ । यद्यपी दर्नालको परिवारले शव जिम्मा लिएर दाहसंस्कार समेत गरेका छन् ।
दर्नालले एक महिनाअघि सीता श्रेष्ठसँग विवाह गरेको झापामा परिवारलाई जानकारी गराएका थिए । सोही दिन सीता पनि अन्य दुई केटीसँग होटलको छुट्टै कोठामा बसेकी थिइन् ।
सीताले दर्नालसँग विवाह नगरेको प्रहरी समक्ष दावी गरेकी छन् । सीतासँगै अन्य दुई केटीलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख : राष्ट्रसङ्घ
-
सन्दीप लामिछाने समर्थकको माइतीघरमा प्रदर्शन, तस्बिरहरू
-
एन्फामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी
-
मातातीर्थ औँसीको महिमा
-
‘माधवको पार्टी फुट्छ, रविमाथि कारबाही हुनासाथ सरकार ढल्छ’