शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फर्पिङकी इन्सपेक्टर लामालाई जिम्मेवारीबाट हटाइयो

बिहीबार, ०८ असोज २०७७, १७ : ३४
बिहीबार, ०८ असोज २०७७

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग फर्पिङकी प्रमखु प्रहरी निरीक्षक (इन्सपेक्टर) अनु लामालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जिम्मेवारीबाट हटाएको छ । 

आर्थिक लेनदेनसम्बन्धी गुनासो आएपछि लामालाई जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले पुष्टि गरे । 

८ महिनाअघि लामालाई फर्पिङको जिम्मेवारी दिइएको थियो । हाल उनी महानगरीय प्रहरी कार्यालयमा छिन् । 

एक हप्ताअघि मात्र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख इन्स्पेक्टर भुपेन्द्र गिरीलाई विवादकै आशंकामा रानीपोखरी तानिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप