शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी जिल्ला अस्पतालका सुपरिटेण्डनलाई कोरोना पुष्टि

बिहीबार, ०८ असोज २०७७, १६ : ३३
बिहीबार, ०८ असोज २०७७

गुल्मी । गुल्मी जिल्ला अस्पतालका सुपरिटेण्डन डा.उत्तम पाच्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार आफुलाई कारोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको र आफु होम आईसोलेशनमा रहेको डा. पाच्याले बताए ।

‘मलाई चार–पाँच दिन अघिदेखि ज्वरो आएको थियो’ डाक्टर पाच्याले भने, ‘आशंका लागेर स्वाब परीक्षण गराउँदा आज त्यसको रिपोर्ट पोजिटिभ आएको छ ।’ रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको आईसोलेशन कक्षमा र जिल्ला अस्पतालमा बिरामीहरुसँग चौविसैघण्टा खटिने डाक्टर पाच्यालाई नै कोरोना संक्रमण पुष्टि भएपछि जिल्लावासी चिन्तित भएका छन् । डाक्टर पाच्य जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर १४ पराल्मीका वासिन्दा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप