शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा १२ वर्षीया बालिका मृत भेटिइन्

बिहीबार, ०८ असोज २०७७, १५ : ५७
बिहीबार, ०८ असोज २०७७

बझाङ । जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन् । गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा नाङ्गो अवस्थामा र शरीरमा नीलडामका चोटसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिजुली कामीकी १२ वर्षीया छोरीको शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय भातेखोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक रुपक खड्काको टोली घटनास्थल पुगेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् । 

प्रहरी उपरीक्षक खड्काले घटना हेर्दा रहस्यमय भएको बताए । उनका अनुसार सोही गाउँका १६ वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेतमा ल्याउने तयारी गरिएको उनले बताए । बालिकाले कानमा लगाएको सुन लुछिएको र शरीरभरि नीलडाम हुँदा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप