शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दराज सहयात्री कार्यक्रममा ८ हजार एसइमईहरु सहभागी

बिहीबार, ०८ असोज २०७७, १५ : ३१
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । साना र मध्यम आकारका उद्यमहरूलाई (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा सहभागी हुन आठ हजार भन्दा बढी एसएमईहरुले दर्ता गरेका थिए।

ती मध्ये दुई हजार एक सय भन्दा बढी एसएमईहरु दराजमार्फत व्यवसाय सन्चालन गर्न सफल भएका छन् भने अरु संचालनमा आउने क्रममा रहेको दराजले जनाएको छ ।

कार्यक्रमअन्तर्गत दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देशभरिका सात लाखभन्दा बढी ग्राहकहरुसम्म निःशुल्क पहुँच प्रदान गर्यो र लगभग रु. ५५ लाखको आर्थीक सहायता प्रदान गरेको थियो। यसबाहेक, दराजले एसएमईहरुलाई निःशुल्क व्यवसाय परामर्श र दराज युनिभर्सिटिमार्फत ई–कमर्स शिक्षा र प्रशिक्षण प्रदान गरेको थियो।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘सहयात्रीमार्फत हामीले जति पनि सहयोग पुराउन सकेको छौं ।  त्यसप्रति हामी खुसी छौं तर अझै धेरै कुराहरु गर्न बाँकी छन्।एसएमई क्षेत्रलाई अझै बढी सहयोगको आवश्यकता छ । र, हामी साना व्यवसायहरुको सशक्तिकरणको कार्य जारी राख्नेछौं ।’

सहयात्री कार्यक्रमले ‘डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउने’ दराजको मिशनलार्इ पूर्णसमर्थन गर्दछ।अहिले दराजमा ६०००भन्दा बढी विक्रेताहरूको बढ्दो समुदाय रहेको छ । र ५ लाखभन्दा बढी उत्पादनहरू उपलब्ध छन्। यी नयाँ विक्रेताहरू अब दराज शप उत्सवको लागि तयारी गरिरहेका छन् ।

दराजका सबैभन्दा ठुला सेल अभियानहरु दशैं धामाका, ११/११र१२/१२ समावेश छन्। इच्छुक विक्रेताहरूले दराजको साथ अनलाइन व्यापार गर्न तलको लिंकमा गई रजिस्टर गर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप