बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रग्स मामिलामा अनुसन्धानको दायरा बढ्यो, चार हिरो पनि एजेन्सीको निशानामा

बिहीबार, ०८ असोज २०७७, १४ : ०१
बिहीबार, ०८ असोज २०७७

ड्रग्स मामिलामा एनसीबीको रडारमा चार हिरो पनि परेका छन् । यद्यपि, ती कुन हिरो हुन् त्यसको जानकारी अहिलेसम्म प्राप्त भएको छैन । टाइम्स नाउका अनुसार सुशान्त सिंह राजपूतको ट्यालेन्ट म्यानेजर जया साहाले सोधपुछको क्रममा बलिउडका थुप्रै ए–लिस्टर्सको नाम लिएका छन् । स्रोतका अनुसार एनसीबीले चाँडै नै यी कलाकारको नाम बारे जानकारी दिनेछ । यसबाहेक ड्रग्स केसमा थप अनुसन्धान हुनसक्छ ।

यसअघि दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुल प्रित सिंहलाई बुधबार एनसीबीले समन पठायो । दीपिका पादुकोणलाई शुक्रबार, सारा अली खान र श्रद्धा कपुरलाई शनिबार सोधपुछका लागि बोलाएको छ । सारा र श्रद्धा कपुरको घर एनसीबीको समूह नोटिस दिन पुगेका छन् । यो मामिलामा रिया चक्रवर्ती, शौविकसमेत थुप्रैलाई जेल पठाइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप