बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओपो एफ१७प्रो असोज ११ गतेबाट बजारमा आउँदै, यी चर्चित कलाकारहरुले गर्दैछन् सार्वजनिक

बिहीबार, ०८ असोज २०७७, १३ : ४४
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब)मार्फत आयोजना गरिने अनलाइन लन्च इभेन्टमार्फत एफ१७प्रो सार्वजनिक हुने जानकारी दिएको हो । 

लाइभ लन्च इभेन्टमा नेपाली चलचित्र जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुपबिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिती रहनेछ ।

लामो समयदेखि कम्पनीले एफ सिरिजमार्फत उपभोक्तालाई स्टेट-अफ-आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफ सिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै रुचाइरहेका छन् । अग्रगामी सोच सहितका डिजाइनमार्फत ओपोले उपभोक्तालाई प्रविधिमार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ । 

एफ१७सिरिजमार्फत यसलाई निरन्तरता दिँदै विशेष गरी ट्रेण्ड सेटर्स यूवाहरुका लागि एफ सिरिजको नयाँ समिकरण ओपो एफ१७प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३०वाट भोक फ्ल्यास चार्ज ४.०का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गरिएको छ ।

क्यामेराः
एफ१७प्रोमा ६ एआई पोटे«ट फङ्सन्स र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरिय बनाउन सघाउँछ । यसको एआई पावर्ड प्रोफेशनल सट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता समेत प्रदान गर्छ ।

अल्ट्रा स्लिकफोनः
ओपो एफ१७प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवल मिनी डुअल पञ्चहोल डिस्प्लेका साथमाआउने यो फोनमा नवप्रबर्तनात्मक शाइनी म्याट रंगहरुको प्रयोग गरिएको छ । मोटाई जम्मा७.४८ ग्रामसहितको ओपो एफ१७प्रोको वजन १६४ग्राम रहेको छ । २२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मूथ र आरामदायी अनुभव हुन्छ ।

डिस्प्लेः
एफ१७प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ इन्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्चहोल्स रहेको यो फोनमा ९०.७% स्क्रिन टू बडी रेसियो छ ।

३०वाट भोक फ्ल्यास चार्ज ४.०
एफ१७प्रोमा कम्पनीले मात्र ५३ मिनेट भित्र पूर्ण चार्ज हुने क्षमता सहितको ३०वाट भोक फ्ल्यास चार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधि बाट चार्जिङ मात्र तिब्र गतिमा हुने नभइ चार्जिङको समयमा फोन तात्ने समस्या पनि न्यूनिकरण ल्याउँछ । यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा७४% चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइम पनि उपलब्ध गराउँछ । 

टप फोन मेटेरियल ट्रेण्ड 
ओपो एफ१७प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ । फिंगर प्रिन्टको समस्या समाधान गर्दै फिंगर प्रिन्ट पु्रफ फिनिश दिँदै फोनलाई उच्च कोटीको प्रिमियम ईफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरि पृथक शाइनी म्याट कलरको प्रयोग गरिएको छ । उपभोक्ताको व्यक्तित्व तथा स्टाइल झल्काउन रंगले ठूलो भूमिका खेल्छ भन्ने ओपोको विश्वास छ । यही कुरालाई दृष्टिगत गर्दै एफ१७प्रो कम्पनीले दुई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्लु रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप