बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्री शशांक कोइराला कोरोना मुक्त, सहयोगीलाई कोरोना पुष्टि

बिहीबार, ०८ असोज २०७७, १३ : २७
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोेरोनामुक्त भएका छन् ।

स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले रातोपाटीलाई जानकारी दिए ।

संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् । कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि भदौ ३० गते राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।

चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह डिस्चार्ज भएका थिए । 

चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइसोलेसनमा बसेकका कोइरालाले १७ दिनमा कोरोना जितेका छन् ।

तर कोइरालाका मुख्य स्वकीय सचिव भरत तिवारीमा भने बुधबार कोरोना पोजेटिभ देखिएको छ । यसअघि भन्दौ २३ मा उनमा कोरोना नेगेटिभ देखिएको थियो । 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार पिसिआर परीक्षण गरिँदा आफूमा कोरोना पोजेटिभ देखिएको तिवारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप