मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अविरल बर्षाका कारण रौतहटको जनजीवन प्रभावित, २ घर भत्कियो

बिहीबार, ०८ असोज २०७७, १३ : २५
बिहीबार, ०८ असोज २०७७

रौतहट । तीन दिनदेखि परेको अविरल वर्षाको कारण रौतहटको जनजीवन प्रभावित बनेको छ । अबिरल वर्षाका कारण दुईवटा घर भत्किएर लाखौं बराबरको क्षति भएको छ । गढिमाई नगरपालिका ३ का रामजनम राउत र  सत्रुघन ठाकुरको घर भत्किँदा ३ लाख बराबर क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

लगातारको बर्षाले गौर चन्द्रपुर बाहेक जिल्लाका प्रायः सबै स्थानीयतहको कच्ची बाटो हिलाम्मे भएर आवत जावतमा कठिनाइ भएको छ । लगातार बिहानदेखि बेलुकीसम्म परेको बर्षाका कारण अधिकांश मानिस घरमै बस्न बाध्य भएका छन् । जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया बजारमा रहेका सरकारी कार्यालयहरुमा जाने सेवाग्रहीको संख्या न्यून देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ ।

पटक–पटक भैरहेको बर्षाका कारण किसानले भदैया धान भित्र्याउन सकेका छैनन् । अविरल बर्षाका कारण खेतमा पानी जमेको र जिल्लाका अधिकांश किसानले लगाएको भदैया धान खेतमै कुहिन सुरु भएको किसानले गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप