राष्ट्र बैंकले माग्यो ३ जना इन्जिनियर र १० जना चालक, तलब कति ?
बिहीबार, ०८ असोज २०७७, १२ : ५७
काठमाडौं । नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर र १० जना सवारी चालक माग गरेको छ । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा एक जना सिभिल इन्जिनियर माग गरिएको हो ।
स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्य अनुभव भएकाले सिभिल इन्जिनियरिङ पदमा निवेदन दिन सक्ने बैंकले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन् । सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ ।
यता सवारी चालक पदमा कम्तिमा १० वर्ष सवारी चालक अनुभव भएको र ४५ वर्ष ननाघेकाले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । चालकको तलब २८ हजार र खाजा खर्च २ हजार तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत