शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अझै तीनदिन देशभर वर्षा हुने

बिहीबार, ०८ असोज २०७७, १२ : ५२
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार हुनेछ”, उनले भनिन् । उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने बताइएको छ । 

हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं. १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ ।  राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं। १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिलो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ७३ Þ५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ८४.५,  धनगढीमा १०.९, दिपायलमा ४.२ सिमरामा १०८.० र धनकुटामा १९.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै आज सबैभन्दा धेरै विराटनगरमा १२५.० मिलिमिटर वर्षा भएको छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप