शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीसँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

बिहीबार, ०८ असोज २०७७, १२ : ४७
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीलाई भेट्न वालुवाटार पुगेका छन् ।  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ओली र प्रचण्डबीच साढे ११ बजेबाट भेटवार्ता सुरु भएको पुष्टि गरे । 

दुई अध्यक्षबीच सचिवालय बैठकमा पेश भएर छलफल हुन बाँकी कार्यसुचीका बारेमा थप छलफल हुने बुझिएको छ । दुई अध्यक्षबीचको भेटवार्तापछि सचिवालय बैठक बोलाउने तयारी छ ।  मंगलबार बसेको सचिवालय बैठकले विविध विषयमा दुई अध्यक्षबीच कुराकानी गरेर सचिवालयमा पुुन छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिएका थिए । सोहीअनुसार बिहीबार दुई अध्यक्षबीच भेटवार्ता भएको हो । 

सचिवालय बैठकमा यसअघि तय भएका कार्यसूचीमध्ये मन्त्रिपरिषद पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकता र विविध विषयमध्ये तीनवटा विषयमा छलफल भइसकेपनि निर्णय भने केही भएको छैन । मन्त्रिमण्डल पुनर्गठन तथा राजनीतिक, संवैधानिक नियुक्तिका सवालमा मापदण्ड बनाउने र सोहीअनुसार नियुक्तिहरु गर्ने भनिएपनि कस्तो मापदण्ड बनाउने भन्ने निश्चित भएको छैन । 

मंगलबारको सचिवालय बैठकले संविधानअनुसार संवैधानिक नियुक्तिहरु गर्न सरकारलाई सुझाव दिएको थियो । सोही बैठकले पार्टी एकता र एकीकरणका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना तयार गर्न पनि अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको थियो । 

पार्टीभित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाइ सरकारको विश्वसनीयता अझ बढी बनाउने र सरकारलाई अझ सफल बनाउनेतर्फ अघि बढ्ने नेकपाको तयारी छ । तर, यसका लागि निश्चित मापदण्ड बनाउनुपर्ने भएपनि मापदण्ड नै कस्तो खख्तियार गर्र्ने भन्नेमा नेकपाका नेताहरुबीच सहमति जुट्न सकेको छैन । मन्त्रिमण्डल पुनर्गठनकै सन्दर्भमा पनि हाल रहेका सबै मन्त्री हटाउने वा आंशिक भन्नेमा नेताहरुबीच एकरुपता छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप